चार्टर्ड उडान रद्द गरिएपछि सरकारको आलोचना, सीसीएमसी बैठकमा पर्यटनमन्त्रीको असन्तुष्टि
काठमाडौं। मंगलबार शुरु हुने भनिएको अन्तर्राष्ट्रिय चार्टर्ड उडान रद्द गरिएपछि सरकारको आलोचना भएको छ। विदेशमा अलपत्र परेका नेपालीहरुको घर फर्किने समय अनिश्चित बनेपछि विदेशमा रहेका नेपाली श्रमिकहरुले सामाजिक सञ्जालमा असन्तुष्टि पोखेका छन् भने देश भित्रै पनि आलोचना भएका छन्।
मंगलबार दिनभर सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा चार्टर्ड उडान रद्द गरिएकोमा सरकारको आलोचनामा हजारौं कमेन्टहरु गरिएका छन्। कोभिड–संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सोमबार एक सूचना जारी गर्दै चार्टर्ड उडान अनिश्चितकालका लागि स्थगित गरेको थियो।
यसरी उडान रद्द गरिएपछि मंगलबार दुबईबाट नेपाल वायु सेवाको विमानसमेत रित्तै फर्किएको थियो।
यसैबीच मंगलबार बसेको सीसीएमसीको बैठकमा चार्टर्ड उडान रद्द गरिएकोमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले असन्तुष्टि जनाएका छन्। सीसीएमसी स्रोतका अनुसार मन्त्री भट्टराईले चार्टर्ड उडान रद्द गर्ने निर्णयले सरकारविरुद्ध आजाव उठेको र यो निर्णय गर्दा आफूलाई जानकारी नदिएको भन्दै असन्तुष्टि पोखेका छन्।
स्रोतका अनुसार सीसीएमसी संयोज उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले उडान स्थगित गर्ने निर्णयबारे मन्त्रिपरिषदमा छलफल गरिने बचन दिएका छन्।
Facebook Comment