बाजुरा पुगेर गृहमन्त्री थापाले भनेः सडक पुनर्निर्माण हुन्छ

डिसी नेपाल
२ भदौ २०७७ २३:२१

मार्तडी। सरकार गृहमन्त्री रामबहादुर थापाले अविरल वर्षाका कारण बाढी र पहिरोमा परेका नागरिकको संरक्षण र भत्केका बाटाहरुको पुनःनिर्माण गर्न सरकार प्रतिबद्ध भएको बताएका छन्। बाढी र पहिराले पुर्याएको क्षतिको अध्ययन तथा अनुगमन गर्न बाजुरा पुगेका मन्त्री थापाले बाढी र पहिरोबाट प्रभावित नागरिकलाई सहयोग गर्ने बताए।

मन्त्री थापाले बाढीले क्षति पुर्याएका बाढी परिहो गएका ठाउँमा प्रत्यक्ष अनुभूति गर्नका लागि यहाँ आएको प्रतिक्रिया दिए। उनले जिल्लामा बाढी र पहिरोका कारण पुर्याएका सडक र बाटोको क्षतिपछि सडक पुनःनिर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे। जिल्ला सदरमुकाम मार्तडी जोड्ने सडक नै छेद विच्छेद् भएको छ। समृद्ध बनाउनका लागि बाटो निर्माण कार्य नै आवश्यक रहेको मन्त्री थापाको भनाइ छ।

मन्त्री थापाले भने, “विपद्का बेलामा सरकार जनताको हो या होइन भनेर पहिचान हुन्छ । विपद्का बेलामा सहयोग गरेन, जनतासँग भएन भने त्यो जनताको सरकार हुँदैन।” मन्त्री थापाले राहत वितरण कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै सरकार दुःखका बेला साथमा रहेको बताए। उनले पीडितसमक्ष सरकारको कर्तव्य र दायित्व पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *