विश्वभर कोरोनाबाट ७ लाख ७८ हजार बढीको मृत्यु
काठमाडौं। कोरोना भाइरसबाट हालसम्म विश्वभर २ करोड २१ लाख २० हजार ९६३ जना संक्रमित भएका छन्। ती मध्ये १ करोड ४८ लाख ५४ हजार ४७५ जना उपचारपछि निको भएका छन् भने ७ लाख ७८ हजार ८८३ जनाको मृत्यु भएको छ।
सबैभन्दा धेरै संक्रमित भएको मुलुक अमेरिकामा ५६ लाख द्दघ हजार ५१२ जना संक्रमित पुगेका छन् भने अमेरिकामा १ लाख ७४ हजार ७४ जनाको निधन भएको छ। त्यहाँ २९ लाख ७५ हजार ६९८ जनाले कोरोनालाई जितेका छन्।
धेरै संक्रमित हुने मुलुकको दोस्रो नम्बरमा रहेका ब्राजीलमा हालसम्म ३३ लाख ६३ हजार २३५ जना संक्रमित भएका छन्। ब्राजीलमा हालसम्म १ लाख ८ हजार ६५४ जनाको निधन भएको छ। ब्राजीलमा हालसम्म २४ लाख ७८ हजार ४९४ जना संक्रमित निको भएका छन्।
यसैगरी तेस्रो नम्बरमा रहेको भारतमा हालसम्म २७ लाख ५२ हजार २७२ जना संक्रमित भएका छन्। त्यहाँ ५२ हजार ८४६ जनाको मृत्यु भएको छ भने २० लाख २३ हजार ७३१ जना उपचारपछि निको भएका छन्।
यसैगरी रुसमा ९ लाख ३२ हजार ४९३ जना संक्रमित भएका छन्। रुसमा १५ हजार ८७२ जनाको मृत्यु भएको छ भने ७ लाख ४२ हजार ६२८ जना उपचारपछि निको भएका छन्।
यसैबीच अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले कोरोना विरुद्धको भ्याक्सिन बनाएर आफ्नो देशका जनतालाई निशुल्क बाँड्ने घोषणा गरेका छन्। उनले उक्त भ्याक्सिन अस्ट्रेलियाको पहुँचमा रहेको समेत बताएका थिए।
उनका अनुसार अस्ट्रेलियाले स्वीडिश–ब्रिटिश फर्मास्युटिकल कम्पनी एस्ट्राजेनेकासँग भ्याक्सिनको डिल गरेको थियो। यो अक्सफोर्ड युनिभर्सिटीसँग मिलेर बनाइँदैछ। यदि यो भ्याक्सिन सफल भयो भने अस्ट्रेलिया आफैं बनाउने र आफ्ना सबै नागरिकलाई निशुल्क वितरण गर्ने बताए।
Facebook Comment