सहकारीको कारोबार बन्द गर्न अपील

डिसी नेपाल
३ भदौ २०७७ १७:५२

काठमाडौं। लकडाउन अवधिमा प्रभावकारी सेवा नदिएको भन्दै आलोचित भएका सहकारी संघसंस्था निषेधाज्ञा अवधिभर बन्द हुने भएका छन्।

उपत्यकामा तिनवटै जिल्लाका सहकारी संघहरुको बैंठकले निषेधाज्ञा अवधिभर अत्यावश्यक बाहेकको अवस्थामा नियमित कारोबार बन्द गर्ने निर्णय गरेका हुन्।

उनीहरुले अत्यावश्यक परेका सदस्यलाई सेवा व्यक्ति तोकेर सेवा दिने बताएका छन्।

सरकारले भने बैंकिङ सेवालाई अत्यावश्यक सूचिमा राखेको छ।

सहकारीका संघहरुले भने कोभिड–१९ को संक्रमणबाट सहकारी संस्थाका सदस्य, संचालक र कर्मचारीको सुरक्षाका लागि कारोबार बन्द गर्नुपर्ने निष्कर्ष निकालेका हुन्।

सहकारी विभागको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा ५ हजार भन्दा बढि सहकारी संस्था क्रियाशित रहेका छन्। यी संस्थाहरु बन्द हुँदा सहकारीका सदस्यहरु सेवाबाट बञ्चित हुने भएका छन्।

एक साताअघि सहकारीहरुको छाता संगठन राष्ट्रिय सहकारी महासंघले भने घरदैलो बचत संकलन बन्द गर्न र आधा कर्मचारीबाट मात्र सेवा प्रवाह गर्न अपिल गरेको थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *