जोखिम मोलेर बर्षाैदेखि खोला तर्दैै स्थानीय

डिसी नेपाल
४ भदौ २०७७ १०:३२

हुम्ला । खोलाहरुमा स्थायी पुल नहुँदा यहाँका स्थानीयहरु वषांैदेखि जोखिम मोलेर खोला तर्दै आएका छन।

जिल्ला सदरमुकाम गमगढी भएर मुगुम कार्मरोङ्ग हुँदै चीनसँग जोडिने गमगढी–नाक्चेलाग्ना सडक अन्तरगर्त छायाँनाथ रारा नगरपालिका वडा नं १ गमखोलाको अल्कासाँघु र वडा नं ११ सालिम खोलाहरुमा पुल नहँुदा नगरपालिका र मुगुम कार्मारोङ्ग गाँउपालिकाका ३० वटा बस्तिहरुका स्थानीयहरुलाई आवत जावतमा समस्या हुने गरेको हो ।

यी दुई वटै खोलाहरुमा पुल नहुँदा मुगुम कार्मारोङ्ग गाँउपालिकाका १ देखि ९ वडासम्मका १५ बस्ति र छायाँनाथ रारा नगरपालिका वडा नं १२, ११, १० र १ का १५ बस्तिहरुका स्थानीयहरुलाई जिल्ला सदरमुकाम गमगढी जान र घरतर्फ फर्कन समस्या हुने गरेको छ ।

हरेक वर्ष वर्षायाम शुरु भयो की स्थानीयहरु चिन्तित हुने गरेका छन । महिला, बालबालिका र जेष्ठ नागरिकहरु ठुलो जोखिम मोलेर डराईडराई खोलाहरु तर्न बाध्य भएको छायाँनाथ रारा नगरपालिका वडा नं १ घाट गाँउका स्थानीय ज्ञानेन्द्र मल्ले बताए।

सालीम खोला र गमखोलाको अल्कासाँघु भन्ने स्थानमा पुल छैनन्, हिउँदमा खोलाले ढुङ्गा र माटोको थुप्रो बनाउने हुँदा स्थानीयहरुलाई खोला तर्नकेहि सजिलो हुने गरेपनि वर्षाको समयमा खोलामा पानीको सतह र बहाव बढने भएकाले यो बाटो भएर आवतजावत गर्नेहरु जोखिम मोलेर यात्रा गर्ने गरेको छन्।

भौगोलिक बनावट र विकटताका कारण मुगुका बाटाहरु आफैंमा कठिन छन नै, त्यसमा पनि ठाउँ–ठाउँमा भएका खहरे खोलामा पुल नहुनु र भएका काठका पुल पनि बर्षेनी बगाउने समस्याले मुगालीहरुले सास्ती झेल्दै आएका छन्।

गाँउमा कोहि विरामी हुँदा होस वा कुनै अत्यावश्यक काम पर्दा गाँउबाट सदरमुकाम र सदरमुकामबाट गाँउ आकस्मिक जानआउन परेमा स्थानीयहरुलाई सास्ती हुने गरेको छ, देशमा ३ वटा सरकार छन भन्छन हामीलाई महशुसै छैन, खोलामा पुल छैनन, सडक छन सवारी साधन चल्दैनन, पानी छ धारा छैनन, कानुन छ न्याय छैन वडा नं ११ रोवा गाँउका स्थानीय गणेश विक भन्छन्।

यस्तो सास्ती कहिलेसम्म भोग्ने यहाँका नागरिकले सम्बन्धित निकायलार्ई प्रश्न गर्ने गरेका छन। ११ बर्ष भयो गमगढी नाग्चेलाग्न सडक निमार्ण कार्य थालनी भएको अहिलेसम्म १७ किलोमिटर भन्दा बढी सडक निमार्ण भएको छैन।

सडक ब्यबस्थित नहुदाँ र खोलामा पुल नहुदाँ नागरिकले आवत जावतमा समस्या भोग्दै आएको ११ बर्ष भएको भएपनि सडक निमार्णको निरन्तता, सडक ब्यबस्थित बनाउन र खोलामा पुल बनाउन कसैको ध्यान गएको छैन। सडक बनाउदा खोला भएका परम्परागत काठेपुलहरु विस्थापित भए तर गाडी चल्ने पुल बनेनन्।

स्थानीयहरु यी खोलााहरु तर्दा आफुहरुले लगाएकापैट, सुरुवाल, धोती, लुङ्गगी पिडाउदै आवतजावत गर्न बाध्य भएका छन्। उनीहरुलार्ई सदरमुकाम गमगढीसम्म आवतजावत गर्न समस्या भएको छ भने पुल नहुँदा मान्छेसँगै गाईवस्तु वारपार गर्न समस्या भएको छायाँनाथ रारा नगरपालिका गमगढीका आश्रित कुमार बोहोराले बताए।

गमगढी–नाक्चेलाग्ना सडक छायाँनाथ रारा नगरपालिका र मुगुमकार्मारोङ्ग गाँउपालिकाको सिमाना साँधेपानीसम्म पुगेको भएपनि यी खोलाहरुमा पुल नहुदा यो सडक अहिले संचालनमा छैन।

सडक संचालनमा नभएपछि स्थानीयहरु सदरमुकाम गमगढीबाट भारी बोकेर वा घोडा, खच्चरलाई बोकाएर सामानहरु लिने गरेकाछन यसरी पिठिउमा भारी बोकर जाँदा खोला नजिक पुर्दा सामानसंगै आफु घोडा खच्चर कसरी तर्ने भनेर चीनता लाग्ने गरेको पुअ गाँउका कार्मा लामा बताउछन्। ‘खोला तर्दा माथीबाट बाढी आएर बगाउने हो कि भनेर चीनतामानी मानी खोला तर्ने गरेका छौं’, उनले भने।

खोला तर्दा स्थानीयहरुले भोग्नु परेको सास्ती बारे नगरप्रमुखँंग बुझदा बर्षेनी अल्कासाँघुमा काठेसाँघु नगरपालिकाले बनाउदै आए पनि खोलामा आउने बाढीले बगाउने गरेको र यो सडक केन्द्रिय सरकार मातहतको भएकाले आफुहरुले स्थायी संरचना बनाउने अधिकार नभएकाले तत्कालका लागि दुवै पाालिकाका स्थानीयहरुलाई आवत जावतमा सहज होस भनेर गमखोलाको अल्कासाँघुमा काठेसाँघु बनाउन वडा नं १ का वडा सदस्य अज बहादुर मल्ल र सालिम खोलामा काठेसाँघु बनाउन वडा नं ११ का वडा अध्यक्षलाई जिम्मेवारी दिई सकेको छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख हरिजंग शाही बताउँछन्।

नगरपालिकाले बर्षेनी काठेसाँघु बनाउने बर्षामा बाढीले बगाएर लाने क्रम चलिरहेकाले संघिय सरकारले चीनसंग जोडने यो सडकमा पर्ने खोलाहरुमा स्थायी पुल बनाउन नगरपालिकाबाट पटक पटक संघिय सरकारसंग अनुरोध गरेको प्रमुख प्रशासकिय अधिकृत ललितजंग मल्ल बताउँछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *