कोरोना मुक्त भएका सहसचिव पाण्डे भन्छन्, ‘आत्मबल बढाएँ, कोरोना भगाएँ’

डिसी नेपाल
५ भदौ २०७७ ९:२०

सार्वजनिक लेखा समितिले वनको फडानी अध्ययन गर्ने उपसमिति बनाएको थियो। त्यही उपसमितिको उक्त टोलीमा म पनि सहभागी थिएँ । हामी वन फडानीका सम्बन्धमा अध्ययन गर्न सिन्धुली, सर्लाही, वारा, पर्सा, हेटौंडा, नवलपरासी पुगेका थियौं।

टोलीमा सहभागी सांसद प्रदीप यादवसँगै पर्सासम्म पुगियो। सँगै होटलको बसाइ भयो। हामी ८ जनाको टोली मात्र भएपनि विभिन्न ठाउँमा विभिन्न मान्छेसँगको भेटघाट स्वभाविक पनि भयो त्यो बेलामा। वन कार्यलयमा पनि गयौं। उनीहरुसँग नभेटेसम्म हाम्रो उद्देश्य पूरा गर्न कठिन हुन्थ्यो।

पर्सासम्म सँगै हिड्नु भएका सांसद यादवलाई कोरोना संक्रमण पुष्टि भएको खबर पाइयो। उहाँलाई पीसीआर परीक्षण गर्दा पोजेटिभ आए छ। हामीलाई पनि डर लाग्न सुरु भयो। ४ दिनको कार्यक्रम भए पनि ३ दिन पुग्दा मात्र सांसद यादव, उहाँको स्वकीय सचिव र ड्राइभरलाई कोरोना संक्रमण भएको पुष्टि भयो।

थप डर सृजना भयो। हामीले पनि अब कोरोना परीक्षण गर्नु पर्ने भयो। हामी त्यँहाको काम सकेर फर्केपछि होम आइसोलेसन बस्ने निधो भयो। बाटोबाट नै घरमा कुरा गरेर व्यवस्था गर्न पठाइयो। हामी सबै घर पुगेर आइसोलेसनमा बस्न थाल्यौं।

जति आत्तिए पनि मन बुझाउँन सजिलो हुँदो रहेछ। विश्वमै छ, विश्वका सबै मानिसहरु यसबाट अछुत छैनन्। यसैबाट त गइन्न होला झै लाग्यो। तातो पानी, गुर्जोको झोल बनाएर अत्याधिक खाएँ। तेस्रो दिनमा हामीले गरेको पीसीआरको रिपोर्ट आयो। सबै साथिहरुको रिपोर्ट नेगेटिभ थियो, मेरो पोजेटिभ।

मलाइ आइसोलेसनमा बसेको पहिलो दिनदेखि नै ज्वरो आउन सुरु भयो। टाउको दुख्ने, ज्वरो आउने भएपछि म त आत्तिन थाले। मानवीय स्वभाव हो जतिसुकै नियन्त्रण गर्छ भने पनि डर मनमा पैदा भइहाल्दो रहेछ। तीन दिनसम्म लगातार यो लक्षण देखियो र चौथो दिनको दिन डाइरीया (झाडापखला) भयो। अलि बढी नै मन आत्तियो।

जति आत्तिए पनि मन बुझाउँन सजिलो हुँदो रहेछ। विश्वमै छ, विश्वका सबै मानिसहरु यसबाट अछुत छैनन्। यसैबाट त गइन्न होला झै लाग्यो। तातो पानी, गुर्जोको झोल बनाएर अत्याधिक खाएँ। तेस्रो दिनमा हामीले गरेको पीसीआरको रिपोर्ट आयो। सबै साथिहरुको रिपोर्ट नेगेटिभ थियो, मेरो पोजेटिभ।

अब प्रमाणित भएपछि लगातार आइसोलेसनमा बसियो। चौथो दिनदेखि लक्षण देखिन छोड्यो। ९ दिनपछि मात्र अरुको परीक्षण भयो। मेरो घरमा जो मसँग केही हिसावले नजिक थिए। उनीहरु सबैको नेगेटिभ आयो। अनी मैले पनि गराएँ। मेरो दोश्रो पटक भने नेगेटिभ आयो। केही दिनपछि पुनः तेस्रो पटक गरियो र नेगेटिभ आयो। लाग्यो अबत केही छैन।

खाने कुरामा सधै मैले तातो चिसो गरी पानी खुब पिएँ। यस्तो लाग्यो पानीले मलाइ ठिक पारेको छ। पानीले नै निकास दियो मलाइ। खानेकुरा जे छ त्यही खाइयो। आफूलाई कमजोर नबनाउँने तर्फ बढी ध्यान दिएँ। तातोपानी, बेसार पानी स्वभाविकै खाइयो। बेसार पानीमा ज्वानो मिलाइयो र खाइयो।

समस्या त भोग्न पर्यो नि। समयमै ‘कन्ट्याक्ट ट्रेसिङ’ नगरेका कारण समस्या बेहोरियो। तरकारी किन्न जान पाइएन। काम गर्न आउने मान्छेहरु आउन सकेनन्। घर नै लक भयो। तनाव बनायो। स्थानीय निकायमा रिपोर्ट पठायो भन्छ। स्थानीय निकायले अझै आएको छैन भन्न थाले। मलाइ पोजेटिभ देखिएको ८ दिनसम्म पनि अरुको परीक्षण भएन। त्यो विषयमा स्थानीय निकायले ध्यान नै दिएनन्।

मैले के अनुभव गरेँ भने स्थानीय निकायले गर्ने काम अलि प्रभावकारी भएका छैनन्। सामान्यतः कोरोना पोजेटिभ देखिएपछि बेलैमा कन्ट्याक्ट ट्रेसिङ गरिदिएपछि सजिलो हुन्थ्यो जस्तो लाग्यो। हामी आफैं पनि घरबाहिर गएनौैँ। जाने कुरो पनि भएन। घरमा खाने कुरो सकियो।

आफन्तले मोटरसाइकलमा ल्याइदिएर खाना धेरै दिन खायौँ। यो बीचमा समयमै कन्ट्रयाक्ट ट्रेसिङ नगरेका कारण हामीले त्यो समस्या भोग्नु परेको हो।

मैले अरुलाई दिने सुझाव पनि त्यही हो आत्मबल बनाउनुहोस्। सबैभन्दा ठूलो आत्मबल रहेछ। हामीले आत्मबल बनायौं भने रोग भन्दा बलियो हुन्छौं र रोग सँग लड्ने क्षमताको विकास हुन्छ। तातोपानी खानुहोस्।

पानी त चिसो नै खाए पनि धेरै खानुहोस्। दिनमा ४/५ लिटर पानीलाई टुटाउनु भएन भने धेरै राहत हुन्छ। शरीरमा चाहिने भिटामिन सी जस्ता खानेकुरालाई पनि खानुहोस्। मास्क, सेनिटाइजर र सामाजिक दुरी कायम गर्ने कुरा त सिकाउनु पर्छ जस्तो लाग्दैन।

संसद सचिवालयका प्रवक्ता डा. पाण्डेसँग डिसी नेपालका तर्कबहादुर थापाले गरेको कुराकानीमा आधारित




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *