एकजना कोरोना संक्रमित पत्ता लगाउन एक लाख ४ हजार खर्च

डिसी नेपाल
५ भदौ २०७७ १७:२७

काठमाडौं। कोरोना संक्रमित पत्ता लगाउन सरकारले कति खर्च गरिरहेको छ भन्ने तथ्यांक शुक्रबार सार्वजनिक भयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नियमति पत्रकार सम्मेलनमा सरकारले कोरोनाको पीसीआर परीक्षणका लागि हालसम्म ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५ सय रुपैयाँ खर्च गरेको जानकारी दिए।

उनका अनुसार हालसम्म ५ लाख ७९ हजार ८ सय ९९ जनाको पीसीआर परीक्षण भएको छ। सरकारले एकजनाको पीसीआर परीक्षणका लागि ५ हजार ५ सय रुपैयाँ रकम खर्च गर्दै आएको छ।

अहिलेसम्म गरिएको परीक्षणमा शुक्रबारसम्म ३० हजार ४ सय ८३ जनामा संक्रमण पुष्टि भएको छ। प्रवक्ता गौतमले एकजना संक्रमित भेटाउन सरकारले १ लाख ४ हजार ६ सय ३० रुपैयाँ खर्च गरेको बताए।

प्रवक्ता गौतमले सरकारले कोरोना संक्रमितको उपचार र परीक्षणका लागि लाखौं खर्च गरेको तर सर्वसाधारणले भने मास्क पनि नलगाउने गरेको बताउँदै आएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *