लागूऔषध गाँजासहित दुई पक्राउ

डिसी नेपाल
५ भदौ २०७७ २२:१९

कास्की । प्रहरीले लागूऔषध गाँजासहित पोखराबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा–२७ अर्घौचोकका २३ वर्षीय सन्दीप विक र २९ वर्षीय किशोर तिमिल्सना रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । दुबै जनालाई गएराति पोखरा–२७ ज्यामिरेकुनाबाट लागूऔषधसहित पक्राउ गरिएको उनले बताए।

इलाका प्रहरी कार्यालय हंशपुरबाट खटिएको प्रहरी गस्ती टोलीले जाँचका क्रममा आरोपित विकले चलाई ल्याएको ग५प ५८७९नंको मोटरसाइकलमा सवार उनीहरुको साथबाट २० ग्राम र सोधपुछको क्रममा विकको कोठाबाट एक किलो ४४० ग्रामसहित एक हजार ४६० ग्राम गाँजा, मोबाईल थान दुई र मोटरसाइकल नियन्त्रणमा लिएको प्रनाउ हमालले जानकारी दिनुभयो । पक्राउ परेका दुबै जनालाई लागू औषध नियन्त्रण ऐन,२०३३ विपरितको कसूर अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालतबाट १७ दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पोखराको विभिन्न स्थानमा लागूऔषध गाँजा बिक्रीवितरण, ओसारपसार हुने गरेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोली खटिएको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *