लिखुतामाकोशी गाउँपालिकाका अध्यक्षलाई थप १० दिन थुनामा राख्न अनुमति

रामेछाप। उपभोक्ता समितिका अध्यक्षलाई बन्धक बनाई जबर्जस्ती खाली चेकमा हस्ताक्षर गराउन खोजेको आरोपमा पक्राउ परेका रामेछापको लिखुतामाकोशी गाउँपालिका अध्यक्ष गोविन्द खड्कालाई अनुसन्धानका लागि जिल्ला अदालतले १० दिनको म्याद थप गरेको छ । यसअघि उनलाई अदालतले सात दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको थियो ।
गाउँपालिकाको धोबी बजारमा नाला निर्माण तथा ग्राभेल गर्न बनेको उपभोक्ता समितिका अध्यक्ष दर्पण घिसिङलाई गाउँपालिकाको कोठामा थुनेर अध्यक्षले खाली चेकमा दस्तखत गराउने प्रयास गरेको अभियोग लगाइएको छ ।
त्यहाँबाट उम्किएका भनिएका घिसिङले प्रहरीमा जाहेरी दिएका थिए। सो घटनामा संलग्न भएको आरोपमा अध्यक्षसँगै गिरफ्तारीमा परेका लालबहादुर तामाङलाई पनि शुक्रबार १० दिनकै म्याद थपिएको छ । दुवैजना जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासतमा छन् । उनीहरुमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख वसन्त पाठकले जानकारी दिए।
Facebook Comment