वर्षाका कारण बिस्तापित भएका परिवारलाई सुदुर पश्चिमेली नेपाली समाजद्वारा खाद्यान्न सामग्री वितरण

डिसी नेपाल
६ भदौ २०७७ ९:५९

कैलाली । अछाम रामारोशन गाउँपालिका वडा नं ५ को सैनि बजारमा मंगलबार राति परेको अविरल वर्षाका कारण बिस्तापित भएका परिवारलाई सुदुर पश्चिमेली नेपाली समाजहरुको सयुक्त अभियान सुदुर पश्चिमेली आपतकालीन राहत कोष मार्फत खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ ।

सुदूरपश्चिमेली नेपाली समाजहरुको साझा अभियान अन्तर्गत विश्वका बिभिन्न राष्ट्रमा रहेका सुदूरपश्चिमेली नेपाली समाजहरुको संयुक्त पहलमा,विभिन्न मुलुकमा छरिएर रहेका सुदूरपश्चिमेली, नेपालीहरुलाई आईपर्ने समस्याहरुको समाधानका लागि, नेपालमा हुने प्राकृतिक दैविय प्रकोपबाट प्रभावित क्षेत्र, स्वास्थ्य, शिक्षा तथा खेलकुद लगायत विभिन्न परोपकारी कार्य को लागी स्थापना गरिएको ‘सुदूरपश्चिमेली आपतकालीन राहतकोष’ मार्फत सुदूरपश्चिमेली नेपाली समाजहरुद्वारा, घरबार विहिन अवस्थामा रहेका परिवारहरुलाई खाद्यान्न दाल, चामल तेल नुन लगायत सामाग्रीहरु हस्तान्तरण गरेको सुदुर पश्चिमेली नेपाली समाजका केन्द्रिय अध्यक्ष धनबहादुर बलायरले बताए ।

शुक्रबार एक आयोजित कार्यक्रमुमा पूर्व उपप्रधानमन्त्री तथा रक्षा मन्त्री भिम रावल, गृह मन्त्री राम बहादुर थापा ुबादलु उद्योग तथा आपूर्ति मन्त्री लेख राज भट्ट, राष्ट्रिय सभा सदस्य माननिय शेर बहादुर कुँवर, तारामान स्वार, प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्याय, प्रहरी प्रमुख डिएसपि योगेन्द्र सिह थापा,सुदुरपश्चिमेलि नेपाली समाज भारत महाराष्ट्र राज्य बरिष्ठ सल्लाहकार प्रेम बहादुर खड्का, खप्तड गुल्म साफेबगरका प्रमुख, दुर्गाबक्स गणका गणपति लोचन कार्की, राजनितिक दलका प्रतिनीधी, संञ्चारकर्मि, स्थानीय रोहबरमा, ‘सुदूरपश्चिमेली नेपाली समाज’ द्वारा राहत सामग्री पीडित परिवार हरुलाई रामारोशन गाउँपालिकाका जनप्रतिनिधिद्वारा वितरण गर्ने गरि हस्तान्तरण गरिएको सुदूर पश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका महासचिव दिलेन्द्रप्रसाद जोशीले बताए ।

यस संयुक्त अभियानलाई सफल पार्न सहयोग गर्नु हुने सुदूर पश्चिमेली नेपाली समाजहरु, भारत, ईजरायल, अमेरिका, मलेसिया, क्यानडा, पोर्चुगल, कोरिया, बहराइन, जापान, मकाउ, साउदी, अरबिया, युएई, अस्ट्रेलिया, कुबेत, कतार, डेनमार्क, युरोप तथा कार्यक्रमलाई सहजिकरण गर्न सहयोग पुर्याउनु हुने पुष्प विष्ट, जनक साउद, लगायत उपस्थिति भएर सहयोगि भुमिका निर्वाह गर्नु हुने सम्पुर्णलाई सुदुर पश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले हार्दिक धन्यवाद ज्ञापन समेत गरेको प्रचार–प्रसार विभाग प्रमुख एवं दक्षिण एसिया संयोजक दिनेश खड्का ‘खप्तडी’ ले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *