नेपाल आउन थाल्यो कोरोनाभाइरसबाट बचाउने औषधि ‘रेम्डेसिभिर’, नेपाली मूल्य कति ?

डिसी नेपाल
६ भदौ २०७७ १२:१८

काठमाडौं। कोरोनाभाइरसबाट जीवन बचाउने औषधि रेम्डेसिभिर नेपाल आउन थालेको छ । ३ भारतीय कम्पनीले यो औषधि नेपाल आपूर्ति गर्न सुरु गरेका हुन् । रेम्डेसिभिर एक प्रकारको एन्टिभाइरस औषधि हो जसलाई कोरोनाभाइरस संक्रमितहरुको हकमा जीवनरक्षक मानिएको छ । औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले समाचार एजेन्सी एसिया न्यूज इन्टरनेशनलसँग कुरा गर्दै भारतीय कम्पनीबाट औषधि आपूर्ति सुरु भएको पुष्टि गरेका हुन् ।

ढकालका अनुसार माइलेन, सिप्ला र हेटेरो ड्रग्स गरी तीन कम्पनहिरुले रेम्डेसिभिर औषधि आपूर्ति सुरु गरेका हुन् । ढकालका अनुसार औषधि व्यवस्था विभागले पनि नेपालमा यी तीन कम्पनीको एन्टिभाइरल औषधिको मात्रै प्रयोगको अनुमति दिनेछ । मागअनुसार माइलेनले ५७० सीसी औषधी आपूर्ति गरेको ढकालले बताए । भारतीय कम्पनीसँग सम्पर्क गर्न सजिलो भएको र उनीहरुको औषधि पनि सस्तो भएकोले ती कम्पनीको औषधि प्रयोग गर्न अनुमति दिइएको ढकालले बताए ।

नेपालमा रेम्डेसिभिरको एक सीसीको मूल्य ७ हजार ८ सय रुपैयाँ पर्छ । कोरोनाभाइरसको उपचारमा रेम्डेसिभिर निकै उपयोगी देखिएको छ । आइसीयूमा रहेका बिरामीहरुका लागि पनि यो औषधि प्रभावकारी देखिएको छ । अहिलेसम्म नेपालमा यो औषधि नेपालमा उपलब्ध थिएन । नेपाल मेडिकल काउन्सिलले पनि रेम्डेसिभिरलाई कोरोनाभाइरसको उपचारको लागि प्राथमिक औषधिको रुपमा सूतिकृत गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *