१०२ दिनपछि इटलीमा हजार भन्दा धेरै संक्रमित फेला, विश्वभर ८ लाख ५ हजार बढीकाे मृत्यु
काठमाडौं। कोरोना भाइरसबाट विश्वभर २ करोड ३२ लाख ७० हजार ४४ जना संक्रमित भएका छन्। ती मध्ये १ करोड ५८ लाख १७ हजार ५२१ जना उपचारपछि निको भएका छन् भने हालसम्म ८ लाख पाँच हजार ८७३ जनाको मृत्यु भएको छ।
इटलीमा शनिबार एकै दिन १ हजार ७१ नयाँ संक्रमित फेला परेका छन्। १२ मे पछि एक हजार भन्दा धेरै संक्रमित भेटिएको पहिलो पटक हो। १२ मे मा १४ सय २ जना संक्रमित फेला परेका थिए। इटलीमा पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ। इटलीमा कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार पुगेको छ भने हालसम्म ३५ हजार ४३० जनाको मृत्यु भइसकेको छ।
यसैबीच वाशिंटन युनिभर्सिटीको इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एण्ड इभयाल्यूएशनको रिपोर्टमा अमेरिकामा यदि अन्य कुनै सुरक्षा उपाय अनिवार्य नगरिए डिलेसम्बरसम्म थप एक लाख ३४ हजारको मृत्यु हुन सक्ने चेतावनी दिएको छ। यदि धेरै भन्दा धेरै अमेरिकीले मास्क लगाउने हो भने ७० हजार मानिसको ज्यान बच्न सक्छ।
उक्त संस्थाले कोरोना रोकथामको प्रयाप्त उपाय नअपनाउने हो भने सेप्टेम्बरमा धेरै मृत्यु हुने अनुमान लगाएको छ। संस्थाले डिसेम्बरम्म मृतकको संख्या करिव ३ लाख १० हजार पुग्ने अनुमान लगाएको छ।
अमेरिकामा हालसम्म ५८ लाख १८ हजार ६३८ जना संक्रमित भएका छन्। त्यहाँ १ लाख ७९ हजार ६१३ जनाको मृत्यु भइसकेको छ भने ३१ लाख ३३ हजार २७४ जना उपचारपछि निको भएका छन्।
धेरै संक्रमित हुने मुलुकको दोस्रो नम्बरमा रहेको ब्राजीलमा ३५ लाख ४४ हजार ३८९ जना संक्रमित पुगेका छन्। ब्राजीलमा १ लाख १३ हजार ६७८ जनाको मृत्यु भइसकेको छ भने २६ लाख ७० हजार ७५५ जना उपचारपछि निको भएका छन्।
यसैगरी तेस्रो नम्बरमा रहेका भारतमा ३० लाख ४३ हजार २०३ जनामा कोरोना पुष्टि भएको छ भने ५६ हजार ८४५ जनाको मृत्यु भएको छ। भारतमा २२ लाख ७९ हजार ७९७ जना उपचारपछि निको भएका छन्। रुसमा ९ लाख ५१ हजार ८९७ जना संक्रमित भएका छन् भने १६ हजार ३१० जनाको मृत्यु भएको छ। रुसमा ७ लाख ६७ हजार ४७७ जना उपचारपछि निको भएका छन्।
Facebook Comment