कोरोनाभाइरसका कारण हरेक १५ सेकेण्डमा १ जनाको मृत्यु
काठमाडौं। शनिबार कोरोनाभाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ८ लाख नाघेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार औसतमा प्रत्येक २४ घण्टामा ५ हजार ९ सय जनाको मृत्यु भइरहेको छ । यो तथ्यांकको विश्लेषण गर्दा प्रत्येक १ घण्टामा २४६ जनाको र प्रत्येक १५ सेकेण्डमा १ जनाको मृत्यु भइरहेको देखिन्छ ।
पछिल्लो समय कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या स्थिर छ । पछिल्लो पटक मृत्यु हुनेको संख्या १७ दिनमा ७ लाखबाट ८ लाख पुग्यो । यो संख्या ६ लाखबाट ७ लाख पुग्न पनि यत्ति नै समय लागेको थियो । आइतबार अमेरिकाको मृत्यु संख्या १ लाख ७० हजार नाघेको छ । यो विश्वमै सबैभन्दा बढी हो । अमेरिकामा नयाँ केसको संख्यामा भने गिरावट आएको छ । अहिले यहाँ हप्तामा ३ लाख ६० हजार नयाँ केस देखिएका छन् ।
प्रतिक्रिया
Facebook Comment