दक्षिण एशियामा चीनसँग किन हार्दै छ भारत?

डिसी नेपाल
७ भदौ २०७७ १८:०७

काठमाडौं। भारत यतिबेला आफ्ना सबै छिमेकीहरुसँग सम्बन्ध विगारेर बसेको छ। भौगोलिक सीमा जोडिएका कुनै पनि छिमेकी मुलुकसँग भारतको हालका दिनमा सम्बन्ध उच्चस्तरको छैन। पाकिस्तानसँग त उसको परम्परादेखिकै दुश्मनी छ। चीनलाई भारतले सँधै आफ्नो प्रतिद्वन्द्वी ठान्छ।

बंगलादेश स्थापनामै भूमिका खेलेको भारतले उसलाई आफ्नै झोलीको ठान्छ। र नेपालसँग त सदियौंदेखिको रोटी बेटीको सम्बन्ध छ। तर, हालका वर्षहरुमा भारतले नेपालसँगको सम्बन्ध पनि खराब गरेको छ भने बंगलादेश पनि भारतबाट टाढिँदै गएको देखिन्छ।

गएको जुन १५ मा लद्दाखमा चिनियाँ सेना र भारतीय सेनाबीच भएको हिंस्रक झडपमा २० जना भारतीय सैनिक मारिएपछि चीन र भारतको सम्बन्धमा तनाव आएको छ। दक्षिण एशियाको मुख्य खेलाडी भारतलाई चीनले दक्षिण एशियामै टक्कर दिन थालेको भन्दै भारतीय चिन्ता प्रकट पनि भइरहेको छ। भारतका परम्परागत मित्र छिमेकीहरु भारतबाट टाढिँदै गएकोमा भारतको चिन्ता छ। र यसको दोष उसले चीनमाथि थोपारीरहेको छ।

यसरी भारतको विदेश नीति सबैतिरबाट असफल हुनुमा बजेट मुख्य विषय भएको भारतीय विश्लेषकहरुले बताएका छन्। छिमेकीहरुसँगको सम्बन्ध खराब भएको विषयमा बीबीसी हिन्दीसँग कुरा गर्दै चीनका लागि पूर्व भारतीय राजदूत गौतम बंबावाले ले भनेका छन्, ‘यो असामान्य वर्ष हो। सम्भवतः मेपछि नै चिजहरुले गति लिएका छन्। र अब हामलिाई लाग्न लागेको छ कि हामीले एकै क्षेत्रमा मात्र ध्यान दियौं। यी यस्ता मुद्दा हुन्, जसमा सरकारले काम गर्नेबारे सोचिरहेको होला। र हाल चिजहरुले विस्तारै केही गति लिन थालेका छन्। र त्यो प्यार्टन बनेको छ, जो हुनुपर्ने थियो।’

विश्व बैंकका अनुसार २०१९ को अन्तमा चीनको कुल ग्रहास्थ उत्पादन (जीडीपी) १४.३४ ट्रिलियन डलर थियो, भारतको जीडीपी २.८७ ट्रिलियन डलर। र यसको महत्व बुझ्न कुनै समस्या छैन।

बंबावाला भन्छन्, ‘भारतलाई थाहा छ, चीन जति पैसा उसँग छैन। र उसँग त्यो शक्ति पनि छैन, जो चीनले जस्तै परियोजनाहरु कार्यान्वयन हुन्। यस्तोमा भारतले के गर्न सक्छ? भारतले आफ्नो शक्तिको अधिक प्रयोग गर्नुपर्छ। जसले हामीलाई छिमेकमा अग्रता दिलाउँछ। हामीले अधिक सक्रियता र कार्यदक्षता देखाउनुपर्छ। यहाँ कार्यदक्षताको अर्थ मात्र प्रोजेक्ट लागु गर्ने होइन, यसको अर्थ यो पनि हो कि रवैया पनि ठिक हुनुपर्छ।’

उनले भने जस्तै भारतले न आफ्ना छिमेकीहरुलाई सहयोग गर्ने क्षमता राख्न न शुरु गरिएका आयोजनाहरु पुरा गर्छ। भारतले नेपालमा दर्जनौ परियोजना लथालिंग पारेको अनुभव छ। यसको गतिलो उदाहरण पञ्चेश्वर बहुउद्देश्यीय परियोजना हो। जो विगत २५ वर्षदेखि डीपीआरमै अल्झेको छ।

बंबावाला भन्छन्, ‘एक कुशल दृष्टिकोणका साथ काम गर्नुपर्छ। जो नेपालसँग नक्सा विवाद भयो, नेपालले त नयाँ नक्सा नै जारी गर्यो। कुरा यहाँसम्म पुग्दैनथ्यो।’
उनको विश्लेषण सही हो। किनभने नेपालले सीमा विवादका विषयमा भारतसँग वार्ताका लागि पटक पटक पहल गरेको थियो। तर उसले वार्तामा चासो देखाएन। एक अन्तर्वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए, ‘हामीले पटक पटक वार्ताका लागि पलह गर्यौ। तर उताबाट अकूटनीतिक व्यवहार गरियो।’

बीबीसी हिन्दीसँग एक भारतीय अधिकारीले भनेका छन्, ‘हामीले देखेका छौं कि कैयौं देश यस्त छन्, जसले चीनको शर्तमा या त चिन्ता प्रकट गरेका छन् या त चीनसँगको सम्बन्धलाई कम गरेका छन्। तर केही देशहरु जसलाई लगानीको आवश्यकता छ। भारतले सक्रियता बढाएर केही देशहरुलाई ऋण सुविधा दिएर राम्रो काम गरेको छ, तर भारत योजना लागु गर्न र नतिजा दिनमा पछाडी परेको छ।’

उनले भनेका छन्, ‘हाम्रा सबै प्राजेक्ट ढिलो सञ्चालन हुन्छन्। जब पुरा पनि हुन्छन् त त्यहाँ धेरै गर्न बाँकी हुन्छ। हामी यो कुरा बुझ्छौ कि अब निगरानी बलियो व्यवस्था हो जसले भारतको प्रदर्शन सुधार गर्नका लागि विकसित गर्न लागिएको छ।’

नेपालका लागि पूर्व भारतीय राजदूत श्याम शरणले बीबीसी हिन्दीसँग भनेका छन्, ‘एकपछि अर्का विदेश सचिव भनिरहेका छन् कि भारतको कूटनीतिलाई अधिक संशाधनहरुको आवश्यकता छ। यसमा कूटनीतिज्ञको संख्या र उनीहरुलाई दिइने प्रशिक्षण पनि पर्छ। भारतले जुन भूमिका निभाउन चाहेको छ, त्यसका लागि यो चिज आवश्यक पनि छ।’ भारतीय विदेश मन्त्रालयको बजेट पछिल्ला तीन वर्षहरुमा घटिरहेको बीबीसीले उल्लेख गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *