गएको मंगलबार दुबईमा रोकिएका २६४ जना नेपाल आए

डिसी नेपाल
७ भदौ २०७७ २१:३७

काठमाडौं। गएको मंगलबार नेपाल आउन तयारी अवस्थामा रहेर पनि नेपाल आउन नपाएका २६४ जना आइतबार यूएईको दुबईबाट नेपाल आएका छन्। उनीहरु आइतबार नेपाल एअरलाइन्सको विमानमाफर्त नेपाल आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।

गएको सोमबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले आकस्मिक रुपमा सबै उडानहरु स्थगित गरिदिएपछि मंगलबार दुबईबाट नेपाल एअरलाइन्सको विमान रित्तै काठमाडौं फर्केको थियो भने दुबई विमानस्थलमा पुगिसकेका नेपाली अलपत्र परेका थिए।

सीसीएसीको यो निर्णयको तित्र्र आलोचना भएपछि सरकारले फेरि उडान शुचारु गर्ने निर्णय गरेको छ। तर, आइतबार भएको यो उडान भने विशेष अनुमति पाएर भएको हो। नेपाल एअरलाइन्स स्रोतले उडान शुरु गर्ने निर्णय नहुँदै दबईका लागि नेपाल एअरलाइन्सलाई सीसीएमसीले विशेष अनुमति दिएको जनायो।

सीएमसीले विदेशबाट फर्किनेहरुका लागि राख्न क्वारेन्टिनको व्यवस्था नभएको भन्दै सबै उडानहरु स्थगित गरेको थियो। तर, यसको सबैतिरबाट आलोचना भएको थियो।

उडान रोक्ने सीसीएमसीको आलोचना भएपछि गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यही भदौ १६ गतेबाट शर्तसहित नियमित उडान र उद्धार उडान शुरु गर्ने निर्णय गरेको थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *