विश्वभर कोरोना : २ करोड ३५ लाख बढी संक्रमित, १ करोड ६० लाख निको भए

डिसी नेपाल
८ भदौ २०७७ ७:३३

काठमाडौं। कोरोनाका विश्वभरमा २ करोड ३५ लाख ८१ हजार ८ सय बढी संक्रमित फेला परेका छन्। करिव ८ लाख १२ हजार ४ सय बढीले कोरोना कारण ज्यान गुमाइसकेका छन्। यस्तै, १ करोड ६० लाख ७८ हजार ७ सय बढीले कोरोना जितिसकेका छन्।

सबै भन्दा बढी अमेरिकामा ५८ लाख ७४ हजार १ सय बढी कोरोनाका संक्रमित भेटिएका छन् भने कोरोनाका कारण अमेरिकामा १ लाख ८० हजार बढीले ज्यान पनि गुमाई सकेका छन्। जम्मा ७ करोड ६१ लाख ५९ हजार बढीमा कोरोना परीक्षण गरिएको अमेरिकामा ३१ लाख ६७ हजार बढीले कोरोना जितेर घर फर्केका छन्।

यस्तै, छिमेकी भारतमा कोरोनका ३१ लाख ५ हजार बढी संक्रमितहरु फेला परेका छन्। कोरोनाका कारण भारतमा ५७ लाख ६ सय बढीले ज्यान गुमाएका छन् भने २३ लाख ३६ हजार ७ सय बढीले कोरोना जितेर घर फर्केका छन्।

कोरोनाका कारण बढी प्रभावित हुने मुलुकमा ब्राजिलको नाम पनि अग्रस्थानमै छ। ब्राजिलमा हालसम्म ३६ लाख ५ हजार बढी संक्रमित फेला परका छन भने १ लाख १४ हजार बढीले ज्यान गुमाइसकेका छन्। यस्तै, ब्राजिलमा कोरोना जित्नेको संख्या भने २७ लाख ९ हजार बढी रहेको छ। हालसम्म विश्वमा ६६ लाख ८९ हजार ९ सय बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *