चीनको कोरोनाभाइरस भ्याक्सिनले आकस्मिक प्रयोगको स्वीकृति पायो !

डिसी नेपाल
८ भदौ २०७७ ११:३६

काठमाडौं। चीनको कोरोनाभाइरस भ्याक्सिनले आकस्मिक प्रयोगको स्वीकृति पाएको छ । एक बरिष्ठ चिनियाँ अधिकारीले शनिबार चीनले देशका भ्याक्सिन उत्पादनले विकास गरेको भ्याक्सिनलाई आकस्मिक प्रयोगका लागि स्वीकृति दिइएको बताएका छन् । चाइनान्यूजका अनुसार चीनको कोभिड–१९ भ्याक्सिन विकास टास्क फोर्सका प्रमुख र चीनको नेशनल हेल्थ कमिशनका अधिकारी झेंग झोंगवेइले भीनको भ्याक्सिन व्यवस्थापन कानुनको मातहत रहेर भ्याक्सिन प्रयोग गर्न सकिने बताएका छन् ।

झेंगका अनुसार भाइरससँग सम्पर्कमा हुने उच्च सम्भावना भएका व्यक्तिहरुमा सीमित अवधिको लागि यो भ्याक्सिन प्रयोग गर्न सकिनेछ । स्वास्थ्यकर्मी, अग्रभागमा महामारी नियन्त्रणमा खटिएका कर्मचारी र कस्टमका कर्मचारीहरु आकस्मिक प्रयोगको प्राथमिकतामा पर्नेछन् । झेंगका अनुसार आकस्मिक प्रयोगको लागि अप्रिल ४ मा निवेदन लिन सुरु गरिएको थियो । यसरी आकस्मिक प्रयोग गर्ने सम्बन्धि प्रस्ताव जून २४ मा पारित भएको र जुलाइ २२ मा भ्याक्सिनले स्वीकृति पाएको झेंगले बताएका छन् । भ्याक्सिनको आकस्मिक प्रयोगलाई प्रभावकारी नरिकाले नियमन गर्नको लागि विभिन्न मापदण्डहरु तय गरिएपछि मात्रै आकस्मिक प्रयोगको लागि स्वीकृति दिइएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *