मेडिसिटी अस्पतालमा पिसिआर टेष्ट सेवा सुरू

डिसी नेपाल
८ भदौ २०७७ १४:५९

काठमाडौं। कारोना संक्रमण (कोभिड-१९) को जोखिम बढ्दै गर्दा रियल टाइम पिसिआर टेष्टको आवश्यकता पनि दिनानुदिन बढ्दै गएको विषयलाई महशुश गर्दै ललितपुरस्थित् नेपाल मेडिसिटी अस्पतालले पनि पिसिआर टेष्ट सेवा शुरु गरेको छ।

विश्वमा उत्कृष्ट पिसिआर, जीन एक्सट्राक्टर लगायतका भरपर्दो र सटिक परिणाम दिने उपकरणहरुको माध्ययमबाट नेपाल मेडिसिटीले दैनिक करिब ८ सय भन्दा बढिको स्याम्पल संकलन गरी रिपोर्ट दिनसक्ने क्षमता रहेको नेपाल मेडिसिटी अस्पतालका ल्याबोरेटोरी विभाग प्रमुख डा. गोपी अर्यालले जानकारी गराएका छन्।

विगत केही महिना देखिको प्रयास पश्चात् सफल रुपमा जडित पिसिआर टेष्ट मेसिन र टेष्ट प्रक्रियालाई नेपाल सरकारद्वारा मान्यता प्रदान गरिएको अस्पताल प्रशासनले जनाएको छ । पिसिआर टेष्टका लागि आउनुपूर्व अस्पतालमा नाम दर्ता गर्न अनुरोध गरिएको छ जसका लागि ०१–४२१७७६६ मा सम्पर्क गर्न सकिने पनि अस्पतालले जनाएको छ ।

स्वाब संकलन गरिएको २४ घण्टाभित्र नतिजा प्राप्त हुने अस्पतालका ल्याबोरेटोरी विभाग प्रमुख डा.अर्यालले बताए । उनले ओपिडीमार्फत आउने र भर्ना भएका बिरामीका लागी पिसिआर टेष्ट गर्ने संयन्त्र फरक रहेको पनि उल्लेख गरेका छन् ।

साथै, विदेशी नियोग, वैदेशीक रोजगारीमा जाने नेपाली, बैंक तथा कर्पोरेटहरुलाई नेपाल मेडिसिटीले सहुलियत शुल्कमा पिसिआर टेष्ट गरिरहेको नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमालले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *