पूरै विश्वले संघर्ष गरिरहेका बेला पाकिस्तान कोरोनाभाइरस नियन्त्रण गर्न कसरी सफल भयो ?

डिसी नेपाल
८ भदौ २०७७ १६:३१

काठमाडौं। पूरै विश्वमा कोरोनाभाइरसको प्रकोप जारी छ । तर, पाकिस्तान भने कोरोनाभाइरसमाथि नियन्त्रण पाउन लागेको देखिएको छ । पाकिस्तानमा आइतबार कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा केवल ४ मृत्यु रेकर्ड गरियो । समाचार एजेन्सी एपीका अनुसार यो गएको मार्चदेखि सबैभन्दा कम मृत्युको रेकर्ड हो । पाकिस्तानको यो सफलताले ऊ भाइरस नियन्त्रणका लागि सही दिशातर्फ अघि बढिरहेको देखिएको छ ।

द नेशनल कमाण्ड एण्ड कन्ट्रोल सेन्टरका अनुसार आइतबार पछिल्लो २४ घण्टामा ५९१ नयाँ केस रेकर्ड गरियो । अहिले पाकिस्तानमा कोरोना पोजेटिभ बिरामीको संख्या २ लाख ९३ हजार पुगेको छ र ६ हजार २४४ जनाको मृत्यु भएको छ । पाकिस्तानमा कोरोनाभाइरसको संक्रमण र मृत्युदर जूनमा अचानक बढेको थियो । त्यसपछि भने संक्रमण र मृत्युको संख्यामा लगातार गिरावट आएको छ ।

महामारीको ठूलो मार झेलेको खैबर पख्तुनख्वा प्रान्तका एक अधिकारीका अनुसार बदलिँदो मौसमका कारण यहाँ महामारीको प्रसार सुस्त भएको छ । पाकिस्तानमा ह्युमिडिटीको लेचल ८६ डिग्रीसम्म पुगेको छ र तापक्रा ४० देखि ४५ डिग्री पुगेको छ । भाइरस तीब्र रुपमा नफैलिनुको यो ठूलो कारण हो । एसिम्प्टोमेटिक इन्फेक्सनको संख्या बढेपछि समुदायबीच हर्ड इम्युनिटीको लोकल भर्सन तयार भयो । यसबाट पनि संक्रमणको दरमा कमी आयो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *