कोरोना भ्याक्सिनका विषयमा अमेरिकी शीर्ष भाइरस विशेषज्ञ डा. एन्थोनी फाउसीको चेतावनी

डिसी नेपाल
९ भदौ २०७७ १३:१२

काठमाडौं। अमेरिकाका शीर्ष भाइरस विशेषज्ञ डा. एन्थोनी फाउसीले सोमबार भाइरसको आकस्मिक प्रयोगका लागि छिटो स्वीकृति दिने देशहरुका विषयमा चेतावनी दिएका छन् । उनले यसरी हतारमा स्वीकृति दिइनाले अन्य भाइरस विकासको प्रयासलाई क्षति पुर्याउने उनको भनाइ छ । ह्वाइट हाउसका अधिकारीहरुले भ्याक्सिनको सबै ट्रायल पूरा हुनुभन्दा अघि नै भ्याक्सिन आकस्मिक प्रयोगका लागि स्वीकृत गर्ने प्रस्ताव ल्याएपछि उनले यस्तो चेतावनी दिएको सीएनएनले जनाएको छ ।

फाउसीले रोयटर्ससँग कुरा गर्दै भने ‘कुनै भ्याक्सिनका बारेमा तपाइँले नचाहने एक मात्र कुरा हो भ्याक्सिनको प्रभावकारिता पुष्टि नहुँदै स्वीकृति दिइनु । यसको सबैभन्दा सम्भाव्य खतरा भनेको पूर्ण रुपमा ट्रायल नसकिँदै भ्याक्सिन स्वीकृति दिइँदा मानिसहरुलाई अन्य भ्याक्सिनको ट्रायलमा सहभागी बनाउन असम्भव नै नभए पनि कठिन पक्कै बनाउनेछ ।’ अमेरिकामा केही भ्याक्सिनहरु विकास भइरहेका छन् र कम्पनीहरुले ट्रायलको साथसाथै यसको उत्पादनलाई पनि जोड दिइरहेकाले कुनै पनि भ्याक्सिन सुरक्षित प्रमाणित भएसँगै तत्कालै प्रयोगको लागि उपलब्ध हुनेछन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले भ्याक्सिन यो वर्षको अनत्यसम्म आउने बाचा गरेका छन् तर भ्याक्सिनोलोजिस्टहरुले सीएनएनसँग कुरा गर्दै टाइमलाइन अवास्तविक हुने बताएका छन् । राष्ट्रपति ट्रम्पले यो वर्षको अन्त्यभन्दा अझै अगाडि भ्याक्सिन आउने बताएका छन् तर कोरोनाभाइरस टास्क फोर्स निकट एक बरिष्ठ प्रशासकीय अधिकारीले भने भ्याक्सिन यो वर्षको अन्त्यमा वा अर्को वर्षको सुरुमा मात्र भ्याक्सिन आउने बताएका छन् । शनिबार राष्ट्रपति ट्रम्पले बिना कुनै प्रमाण अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसनमाथि कोरोनाभाइरस भ्याक्सिनको ट्रायलमा ढिलाइ गरेको आरोप लगाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *