हाम्रो सम्मान परियोजनाद्धारा पत्रकारलाई स्वास्थ्य सुरक्षा सामाग्री प्रदान

डिसी नेपाल
९ भदौ २०७७ १४:१४

काठमाडौं । हाम्रो सम्मान परियोजनाले कोरोनाको प्रभाव बढ्दै गएपछि वैदेशिक रोजगार पत्रकार समाजलाई प्रेस ज्याकेटसहित स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेको छ । परियोजनाले ४० जना सञ्चारकर्मीहरुका लागि उक्त सामाग्री प्रदान गरेको हो ।

प्रत्येक संचारकर्मीहरुका लागि अहिलेको परिस्थीतीमा अत्याबश्यक ज्याकेट, सेनिटाईजर, माक्स र ग्लोब्स उपलब्ध भएको समाजले जनाएको छ । कोरोना भाइरस (कोभिड–१९) को बढ्दो संक्रमणका वीच कार्यक्षेत्रमा खटिने सञ्चारकर्मीहरुको स्वास्थ्य स७३घढसरक्षालाई ध्यानमा राखेर स्वास्थ्य सामाग्र प्राप्त भएको हो ।

पत्रकारहरुका लागि कार्यक्षेत्रमा खटिन निक्कै जोखिम बढिरहेको समयमा सहयोग उपलब्ध गराएकोमा परियोजनाप्रति समाजले आभार ब्यक्त गरेको छ । समाजले अहिलेको परिस्थीतीलाई मध्यनजर गरी प्राप्त भएका सामाग्रीहरु तुरुन्तै वितरण गरिने जनाएको छ ।

हाम्रो सम्मान परियोजना युएसएसएआईडी र डिएफआईडीको सहयोगमा नेपालमा विनरक इन्टरनेशनलले कार्यान्वयनमा ल्याएको हो । यसले नेपालमा मानव बेचबिखनजस्ता कार्यहरूको रोकथाम गर्नमा नेपाल सरकार, नागरिक समाज तथा निजी क्षेत्रहरूको प्रयासलाई टेवा पु¥याउदै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *