शेयर बजार ९ अंकले बढ्यो, पौने २ अर्वको कारोबार

काठमाडौं। शेयर बजार मंगलबार ९ अंकले बढेको छ। बजार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक १४४०.९४ बिन्दुमापुगेको छ।
मंगलबार १८९ कम्पनीको ३८ लाख ४० हजार ६९१ कित्ता शेयरबाट १ अर्ब ८५ करोड ५१ लाख ८० हजाररुपैयाँ बराबरको कारोबार भएको छ।
उपत्यकामा स्थानीय प्रशासनले निशेधाज्ञा जारी गरे पनि अनलाईनमार्फत शेयर कारोबार भइरहेको छ।
मंगलबार व्यापार, उत्पादन तथा प्रशोधन र म्यूचुअल फण्डको उपसूचकमा गिरावट आएको छ भने अन्य सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा बढी लाईफ इस्योरेन्स सूचक १५१ अंकले बृद्धि भएको छ।
लगानीकर्ताको ध्यान जीवन तथा निर्जीबन बीमा कम्पनीमा बढी देखिएको छ। निर्जीबन बीमा समूहको उपसूचक ३२.२६ अंकले बढेको छ।
यसैगरी बैंकिङ १.९२, होटल १०.२, विकास बैंक २.७७, जलविद्युत ९.०५, फाइनान्स १.२, अन्य १८.५७ र लघुवित्त २०.०८ अंकले बृद्धि भएको छ।
Facebook Comment