कोरोना महामारीः भदौ लागेपछि ५७ जनाको मृत्यु
काठमाडौं। कोरोना महामारीका कारण नेपालमा मृत्यु हुनेहरुको संख्या लगातार बढिरहेको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको जानकारी दिए।
मंगलबार थपिएको संख्यासहित नेपालमा कोरोनाका कारण मृत्यु हुनेहरुको संख्या १६४ पुगेको छ। भदौमा मात्र मृत्यु हुनेको संख्या ५७ पुगेको छ। भदौ १ गते सरकारले दिएको जानकारीअनुसार १०७ जनाको मृत्यु भएको थियो। त्यसपछिका दिनमा थप ५७ जनाको मृत्यु भएको हो।
कोरोनाका कारण नेपालमा पहिलो मृत्यु गएको जेठमा भएको थियो। त्यसपछि मृत्यु हुनेहरुको संख्या बढेपछि साउनपछि मृत्यु दर भने तिब्र भएको छ। साउन १ गतेसम्म मृत्यु हुनेको संख्या ३९ थियो भने साउन गते सरकारले लकडाउन अन्त्य भएको घोषणा गरेपछि मृत्यु दर तिब्र बनेको छ। पछिल्ला दिनहरुमा प्रतिदिन ५ जनाभन्दा धेरैको मृत्यु भइरहेको छ।
नेपालमा मंगलबारसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ३३ हजार ५३३ पुगेको छ।
हालसम्म १९ हजार ११९ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा ३१३ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या १४ हजार २५० रहेको छ।
Facebook Comment