आफ्नै बाबुको हत्या गरेको अभियोगमा पक्राउ

डिसी नेपाल
९ भदौ २०७७ १८:१७

झापा । आफ्नै बुबाको हत्या गरेको अभियोगमा झापा गाउँपालिका–३ बस्ने २५ वर्षीय सुनिल टुडुलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सुनिलले सोमबार राति बाँसको भाटा प्रहार गर्दा गम्भीर घाइते भएका उनका पिता ७० वर्षीय साईला टुडुको स्थानीय मेडिकलमा सामान्य उपचार पश्चा त घरमै ल्याएर राखेकोमा मंगलबार बिहान उनको मृत्यु भएको थियो। साइला टुडुको मृत्यु भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले छोरा सुनिललाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *