नभएको नियुक्तिका लागि कुलमानलाई बधाइको ओइरो
काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पदावधि यही भदौ २९ मा सकिँदैछ। उनको पदावधि सकिनै लाग्दा उनलाई फेरि सोही पदमा दोहोर्याउनुपर्ने आवाज उठिरहेका बेला मंगलबार साँझ एक अनलाइनले उनलाई मन्त्रिपरिषदले सोही पदमा निरन्तरता दिएको खबर आयो।
सो खबर आएसँगै उनलाई बधाइको आइरो लागेको छ।
समाजिक सञ्जालहरुमा कुलमानले बधाइ पाइरहेका छन्। तर, जतिबेला उनको पुनर्नियुक्तिको समाचार प्रकाशित भयो त्यतिबेला मन्त्रिपरिषदको बैठक भर्खर शुरु भएको थियो। उर्जा मन्त्री वर्षमान पुनले पनि कार्यकारी नियुक्ती सम्बन्धी कुनै प्रस्ताव मन्त्रिपरिषदमा नलिएको बताइसकेका छन्। अथवा मंगलबार कुलमानबारे कुनै निर्णय भएको छैन। तर, सामाजिक सञ्जालमा भने उनले लगातार बधाइ पाइरहेका छन्।
दैनिक १८ घण्टासम्मको विद्युत कटौती भोगिरहेको नेपालीलाई उनले विद्युत कटौतीबाट मुक्त गरिदिएपछि उनको लोकप्रियता बढेको छ। त्यसैले पनि उनलाई पुनः कार्यकारी निर्देशक बनाउनुपर्ने आवाज जनस्तरबाट उठिरहेको छ।
कुलमानकाे फेक ट्वीटर ह्याणडल
आजको मन्त्रीपरिषद बैठकले आगामि कार्यकालको लागि तपाइको आफ्नै कुलमान घिसिङ लाइ पुन: नेपाल बिद्धुत प्राधिकरणको कार्यकारी निर्देशक मा नियुक्त गरेको छ।
अबको कार्यकाल बिद्धुत बिस्तार र स्वदेशमै खपत वृद्धि गर्नेमा केन्द्रित गर्न यहाँहरुको मायाले हौसला दिनेछ।#thank_you_Nepal_government— कुलमान घिसिङ (@kulman_ghising7) August 25, 2020
Facebook Comment