मलाममा सहभागीमध्ये ७८ को रिपोर्ट नेगेटिभ

डिसी नेपाल
९ भदौ २०७७ २२:०२

राजापुर । बर्दियाको मधुवन नगरपालिकामा एक व्यक्तिको दाहसंस्कारपछि कोरोना रिपोर्ट पोजिटभ आएका कारण पिसीआर परीक्षण गरिएका ७८ मलामीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

मधुवन –९ का कोरोना पोजेटिभ ७८ वर्षीय एक पुरुषको मृत्युपछि मलाम गएका ७९ जनाको परीक्षण गर्दा एक जनामा कोरोना सङ्क्रमण देखिएको नगर प्रमुख गणेशबहादुर क्षेत्रीले जानकारी दिए । दाहसंस्कारपछि मृतकको सम्पर्कमा रहेका मलामी र स्थानीयवासीलाई क्वारेन्टिन तथा होम क्वारेन्टिनमा राखिएको थियो ।

यही भदौ १ गते ७८ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको थियो । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएपछि घर ल्याएर दाहसंस्कार गरिसकेपछि उहाँको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *