पश्चिम नेपालमा भूकम्प

काठमाडौं । पश्चिम नेपालमा भूकम्प गएको छ। बझाङ केन्द्रबिन्दु भएर मंगलबार साँझ भूकम्प गएको हो ।
मंगलबार साँझ ९ बजेर ९ मिनेट जाँदा ४.७ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि साउन ३१ गते पूर्वी नेपालको संखुवासभा केन्द्रबिन्दु पारेर ४.२ म्याग्निच्युडको भूकम्पको गएको थियो ।
प्रतिक्रिया
Facebook Comment