विश्वमा कोरोना : २ करोड ४० लाख संक्रमित, २ सय भन्दा देश प्रभावित

डिसी नेपाल
१० भदौ २०७७ ७:११

काठमाडौं। कोरोना भाइरसका कारण विश्वभर २ करोड ४० लाख भन्दा बढी मानिसहरु संक्रमित भएका छन। गत वर्षको डिसेम्बर अन्तिममा चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोनाको संक्रमण हाल विश्वका करिव २ सय १५ देशसम्म पुगेको छ।

विश्वको २ सय बढी देशमा पुगेको कोरोनाका कारण ८ लाख २२ हजार ५ सय बढी मानिसले ज्यान गुमाई सकेका छन् भन २ करोड ४० लाख ४३ हजार ५ सय बढी संक्रमित रहेका छन्। यस्तै कोरोनाका १ करोड ६५ लाख ९२ हजार ४ सय बढी संक्रमित निको भइसकेको वल्र्डोमिटरले देखाएको छ।

गत २४ घण्टामा मात्र अमेरिकामा ४० हजार बढी संक्रमित भेटिएका छन्। हालसम्म अमेरिकामा संक्रमितको संख्या ५९ लाख ५५ हजार ७ सय बढी रहेको छ। साथै अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ८२ हजार ४ सय बढी रहेको छ। गत २४ घण्टामा मात्र १२ सय बढीको कोरोनाका कारण मृत्यु भएको छ। हालसम्म अमेरिकामा निको हुनेको संख्या ३२ लाख ५३ हजार ५ सय बढी रहेको छ।

यस्तै कोरोनाका कारण अमेरिकापछि ब्राजिलमा धेरैले ज्यान गुमाउनु परेको छ। ब्राजिलमा हालसम्म कोरोनका कारण १ लाख १६ हजार ६ सय बढीले ज्यान गुमाएका छन्। गत २४ घण्टामा मात्र ब्राजिलमा पनि १२ सय बढीले ज्यान गुमाएका छन्। ब्राजिलमा हालसम्म ३६ लाख ७४ हजार १ सय बढी संक्रमित भएका छन् भने गत २४ घण्टामा अमेरिका भन्दा बढी संक्रमित थपिएका छन्। वल्र्डोमिटरका अनुसरा ब्राजिलमा गत २४ घण्टामा मात्र ४६ हजार ९ सय बढी संक्रमित थपिएका छन्। ब्राजिलमा हालसम्म २८ लाख ४८ हजार ३ सय बढीले कोरोना जितेर घर फर्केको तथ्याङ्कमा उल्लखे छ।

नेपालको छिमेकी भारत पनि कोरोना संक्रमण हुनेको संख्या मा विश्वको तेस्रो नम्बरमा गएर बसेको छ। भारतमा हालसम्म ३२ लाख ३१ हजार ७ सय बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा विश्वका सबै देशहरुको तथ्याङ्क भन्दा माथि ६६ हजार ८ सय बढी कोरोनाका संक्रमितहरु थपिएका हुन्। भारतमा हालसम्म ५९ हजारले कोरोनाका कारण ज्यान गुमाइ सकेका छन् भने गत २४ घण्टामा मात्र १ हजार बढीले ज्यान गुमाएका छन्। यस्तै, भारतमा निको हुनेको संख्या २४ लाख ६७ हजार २ सय बढी रहेको छ।

तथ्याङ्कमा भारतपछि रसिया देखिएको छ। रसियामा ९ लाख ६६ हजार बढी संक्रमितको संख्या रहेको छ भने १६ हजार बढीले ज्यान गुमाएका छन्। यस्तै, ७ लाख ७९ हजार ७ सय बढीले कोरोन जिति सकेका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *