अफवाहले विवादमा ल्याइएका जर्नेल घर विदामा
काठमाडौं । जवर्जस्ती चर्चामा ल्याइएका नेपाली सेनाका एक जना जर्नेल राजेन्द्र कार्की आफ्नो अनिवार्य अवकाशका लागि घर विदामा बसेका छन्। नेपाली सेनाका सम्भाररथी विभागका प्रमुख उपरथी राजेन्द्र कार्की भदौ १४ गते अनिवार्य अवकाश पाउँदै छन्। उनी सोही अवकाशका लागि प्रचलन अनुसार साउन ३० गतेदेखि नै घरविदा बसिसकेका छन्।
नेपाली सेनाले रथी आर्थात् लेफ्टिनेन्ट जनरल पद थप गर्न रक्षा मन्त्रालय प्रस्ताव पठाएको र सो पदमा राजेन्द्र कार्कीलाई बढुवा गर्न लागेको अफवाह चलाइएको थियो।
प्रधान सेनापति पूर्णचन्द्र थापाका ससुराली तिरबाट नातेदार भएकै कारण उनलाई तीनतारे जर्नेल बनाउन लागेको भन्दै केही सञ्चारमाध्यमहरुले लगातार जसो समाचार प्रकाशित गरेका थिए। नेपाली सेनामा हाल दुई जनामात्र तीनतारे जर्नेल अर्थात लेफ्टिनेण्ट जनरल पद छन्।
नेपाली सेनाले फाष्ट ट्रयाक निर्माण र अन्य विकास निर्माणका काममा राजनीतिक दवावलाई अस्वीकार गरेको आक्रोश स्वरुप सेनापति थापालाई बद्नाम गर्ने नियतले कार्कीको पदोन्नतिको अफवाह फैलाइएको दावी सैनिक स्रोतको छ।
सैनिक स्रोतका अनुसार, सेनाले अहिलेसम्म तीनतारे जर्नेल पद थप गर्नुपर्छ भनेर सरकारलाई कुनै प्रस्ताव गरेको छैन। तर, सेनापति थापाका नातेदार भएको भन्दै सेनापति थापालाई विवादमा ल्याउन कार्कीको बढुवा हुन लागेको अफवाह चलाइएको थियो।
नेपाली सेनाले फाष्ट ट्रयाक निर्माण र अन्य विकास निर्माणका काममा राजनीतिक दवावलाई अस्वीकार गरेको आक्रोश स्वरुप सेनापति थापालाई बद्नाम गर्ने नियतले कार्कीको पदोन्नतिको अफवाह फैलाइएको दावी सैनिक स्रोतको छ।
सेनाले गर्दै आएका विकास निर्माणका काममा अनावश्यक दवाव दिने र आर्थिक लाभ खोज्ने काम गरेको विषयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोख्रेल विवादमा तानिइसकेका छन्।
लकिरका फकिर भन्दै रक्षामन्त्री पोख्रेलले सेनाको कार्यबारे सार्वजानिक रुपमा असन्तुष्टि पोखेपछि उनले आर्थिक लाभ लिन सेनालाई दवाव दिएको तर सेनाले अस्वीकार गरेको कुरा सार्वजानिक भएको थियो।
त्यति नै बेला सेनपतिसँगको चर्को असन्तुष्टि पोख्ने क्रममा उपरथी राजेन्द्र कार्कीलाई रथी बनाउन लागेको अफवाह सार्वजानिक भएको थियो। उपरथी कार्कीका बुवा सुशीलराज कार्की पनि नेपाली सेनामा रथी भएर रिटायर्ड भएका जर्नेल हुन्।
हाल नेपाली सेनामा कार्यरत दुईतारे जर्नेलहरुमध्ये आफ्ना सन्तानलाई सैनिक सेवामा लगाउनेमा राजेन्द्र कार्कीमात्र एक्ला जर्नेल हुन्। उनका छोरा धीरज कार्की नेपाली सेनामा क्याप्टेन पदमा कार्यरत छन्।
उपरथी कार्की वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीका सुरक्षा प्रमुख भइसकेका व्यक्ति हुन्। सैनिक स्रोतका अनुुसार कार्कीको व्यबसायिक जिम्मेवारीबाट खुसी भएकी राष्ट्रपति भण्डारीले कार्की बढुवा भई उपरथी भइसकेपछि पनि पुन राष्ट्रपतिको सुरक्षा प्रमुखमा पठाइदिन सेनापतिसमक्ष माग गरेकी थिइन्।
तर, दुईतारे जर्नेलको दरबन्दी नभएको भन्दै सेनाले कार्कीलाई फेरि शीतल निवास पठाएन। कार्कीले सेनाको महत्वपूर्ण मध्येको एक मानिने युद्धकार्य महानिर्देशकको जिम्मेवारी पनि पूरा गरिसकेका छन्।
कार्की अवकाशको तयारीका क्रममा घरबिदा बसेपछि उनले सम्हाल्दै आएको सम्भार रथीको कार्यभार प्रबन्धरथी उपरथी अशोक सिग्देललाई थप गरिएको छ।
Facebook Comment