११२ थान मोबाइलसहित दुई भारतीय पक्राउ

डिसी नेपाल
१० भदौ २०७७ १८:४४

काठमाडौं । काठमाडौँ महानगरपालिका १४ सोल्टीमोडबाट बील नभएका विभिन्न समानसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत राजस्थान लक्ष्मणगढ घर भई काठमाडौँ ओमवहाल बस्ने ३६ वर्षीय राकेशकुमार र भारत राजस्थान सिमर घर भएका ५२ वर्षीय वनवारी चौधरी रहेको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ ।

उनीहरुको साथबाट ११२ थान मोबाइल, ३२० पिस विभिन्न मोवाइल डिसप्ले, ५९३ थान विभिन्न व्राण्डको ब्याट्री, १९ हजार ५०० थान घडीको ब्याट्री, छ हजार थान क्यालकुलेटर र पाँच थान मोवाइल डिसप्ले बोर्ड बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उक्त घटनाको विषयमा प्रहरीले अनुस्न्धान गरिरहेको छ ।

गाई काटेको अभियोगमा पक्राउ

यता काठमाडौँको बुढानिलकण्ठ नगरपालिका १३ चुनिखेल बस्ने शङ्खुवासभा भोटखोला गाउँपालिका ३ हटिया घर भएका ३२ वर्षीय छेन्डुक भोटेलाई गाई काटेको अभियोगमा आज प्रहरीले पक्राउ गरेको छ । चुनीखेलस्थित च्याने खोलामा छेन्डुकले गाई काटेर उक्त खोलामा फाल्ने क्रममा स्थानीयले फेला पारी प्रहरीलाई खबर गरेका थिए । त्यसपश्चात महानरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको र घटनाको अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *