‘कोरोना भाइरस भविष्यमा पनि रहन्छ, यससँगै सहअस्तित्वमा बाँच्न सिक्नुपर्छ’

डिसी नेपाल
१० भदौ २०७७ १८:५५

काठमाडौं। नेपालमा पर्याप्त स्वास्थ्यकर्मी छैनन्। यो नेपालको पहिलो चुनौती हो। मानिसहरुले सियाकत गरिरहेका छन्। पर्याप्त स्वास्थ्यकर्मी चाहियो भनिरहेका छन्।

अर्को चुनौती भनेको नेपालमा पछिल्लो समय स्वास्थ्यकर्मीलाई लान्छाना लगाउन थालिएको छ। उनीहरु संक्रमित हुनु नौलो कुरा होइन। अरुको उपचार गरेकाले उनीहरु संक्रमित भएका हुन्। डर लागोस नलागोस जोखिम हुँदा हुँदै पनि उनीहरु उपचारमा खटिएको छन्। जोखिममा काम गरिरहेका छन्। तर, रोग ल्याएर आएको भन्दै उनीहरुमाथि आरोप लगाइएको छ। यो नराम्रो कुरा हो। जनताहरुको स्वास्थ्य डाक्टरमा निर्भर हुन्छ। कोरोनामात्र होइन अन्य रोगको उपचारका लागि पनि स्वास्थ्यकर्मी चाहिन्छ। तर, यहाँ (नेपालमा) कोरोना फैलाएको भनेर स्वास्थ्यकर्मीमाथि दोष लगाइएको देखिएको छ। यस्तो भइरह्यो भयो भने स्वास्थ्यकर्मीले काम गर्दैनौं भने भने? अपील गर्छु आरोप लगाउने काम नगरौं। रोग लाग्न सक्छ त्यसमा तपाईँको गल्ति नहुन सक्छ। दोष लगाउन मिल्दैन।

विरामीले आफूलाई आइसोलेट गर्नुपर्छ। कुनै स्वास्थ्यकर्मी संक्रमित भयो भने उसले पनि आफूलाई आइसोलेट गर्नुपर्छ। सबै संक्रमित आइसोलेट हुनुपर्छ।
रोग ल्यायो भनेर आरोप लगाउनु हुँदैन। स्वास्थ्यकर्मीप्रति आभारी हुनुपर्छ।

कुल जनसंख्याको २ प्रतिशतलाईमात्र रोग देखिनेवाला छ। त्यो भनेको एकदमै सानो हिस्सा हो। आत्तिनु भएन। सुरक्षा मापदण्ड अपनाउनुपर्छ। आत्तिएनौ भने रोगसँग लड्न सकिन्छ। हामीले स्वास्थ्यका मापदण्ड पुरा गरेयौं भने संक्रमण फैलिदैन। सबैलाई हुने पनि होइन।

अहिले कोरोनाको नयाँ सामान्य अवस्था आएको छ। नयाँ सामान्य अवस्था भनेको सँधै भाइरसको डर भइराख्छ। तर, डरमा बाँच्नु पर्दैन। डराउनु हुँदैन। भाइरस हावामा छैन। कुनै कोठामा तपाइँ जानु भयो भने त्यहाँ भाइरस फैलिने होइन। थुक वा छिटाबाट भाइरस फैलिन सक्ने हो। त्यो निलेर वा आँखामा छिरेर हुन्छ। छिटाहरु मुखबाट भुँईमा झर्ने हुन्। मास्क लगाउने हो भने छिटाहरु जिउभित्र जान सक्दैनन्। हामी सबैले रोग फैलाउने सम्भावना छ । तर, मास्क लगाउने, स्यानिटाइजर र दूरी कायम गर्ने हो भने भाइरस सर्दैन। यही नयाँ सामान्य अवस्था हो।

कोरोना भाइरसको भविष्य अनुमान गर्न सकिँदैन। भाइरस सँधै रहने सम्भावना छ। भाइरससँगै बाँच्न सिक्नुपर्छ। सुरक्षा मापदण्ड अपनाउनु पर्छ। केही समयपछि यस्ता उपायको महत्व कम हुँदै जान्छ। किन भने सायद खोप पत्ता लाग्ला, मानिसले रोगप्रतिरोधी क्षमता विकास गर्छ। डरमा बाँच्नु हुँदैन। भाइरससँगै सहअस्तित्व भएर बाँच्न सिक्नुपर्ने आवश्यकता छ।

खोपहरु विकास भइरहेका छन्। ती मध्ये धेरै परीक्षणको अन्तिम चरणमा छन्। केही तयारी हुने अवस्थामा छन्। तर ठ्याक्कै प्रयो गर्ने अवस्थामा पुगिसकेका छैन। १० वटा खोप विकास भए भने एकमात्र बजारमा आउँछ। किनभने त्यसको सबैकुरा हेर्नुपर्छ। सुरक्षा हेर्नुपर्छ। अझ पनि खोपहरु सुरक्षित छन् की छैनन् भन्ने पत्ता लाग्न सकेको छैन। जुन समाचारहरु सुनिरहेका छौं खोप पत्ता लाग्यो भन्ने तर, समाचारमा आए जस्तो होइन। यो वर्ष (२०२०)को अन्तिम वा २०२१ को शुरुमा खोप आउन सक्छ। रुसले विकास गरेको खोपबारे केही भन्न सकिने अवस्था छैन। सो खोप कत्तिको सुरक्षित हुन्छ केही जानकारी छैन।

आगामी महिना केही खोप उत्पादन हुने सम्भावना छ। खोप उत्पादन क्षमता पनि बढाइरहेका छौं। यो वर्षको अन्तिमसम्म २ हजार अर्ब डोज खोप उत्पादन हुन्छ। पहिला स्वास्थ्यकर्मीले खोप पाउने छन्। त्यसपछि अन्य जोखिम वर्गलाई दिइने छ। त्यसपछि सबैलाई दिइने छ। गरिब देशले सहुलित र सित्तैमा खोप पाउन भन्ने विषयमा काम भइरहेको छ। खोप विकासको मुद्दामात्र होइन। सबैलाई उपलब्ध गराउने पनि मुद्दा हो। धनी देशले मात्र होइन गरिब मुलुकले पनि पाउने सुनिश्चितता गर्छौ।

(विश्व स्वास्थ्य संगठनका नेपालस्थित प्रमुख डा जोस भेन्डिलियरसँग स्वास्थ्य मन्त्रालयका प्रवक्ताले गरेको कुराकानीको सम्पादित अंश)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *