परराष्ट्रमन्त्री ज्ञवाली र बेलायती विदेश राज्यमन्त्रीबीच भर्चुअल बैठक
काठमाडौं। परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली र बेलायतका विदेश राज्यमन्त्री लर्ड अहमदबीच बिहीबार भर्चुअल बैठक भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार दुईमन्त्रीबीच कोरोना भाइरसका कारण उत्पन्न समास्याका बारेमा छलफल भएको छ।
सो अवसरमा दुबै मन्त्रीहरुले कोरोनाका कारण ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए भने विरामीहरुको शिर्घ स्वास्थ्य लाभको कामना गरेका थिए। उनीहरुबीच कोरोनाविरुद्धको लडाईँमा एकअर्काको अनुभव साटासाट पनि भएको छ।
बैठकका क्रममा परराष्ट्रमन्त्री ज्ञवाललीले बेलायतले नेपालको सामाजिक विकास र वातावरणका क्षेत्रमा गरेको सहयोगका लागि सह्रना गरेका थिए। उनले आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेका थिए। जवाफमा बेलायती राज्यमन्त्री अहमदले नेपाललाई बेलायतको सहयोग जारी रहने बचन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
बेलायतले आगामी वर्ष नोभेम्बरमा आयोजना गर्न लागेको राष्ट्र संघीय जलवायु परिवर्तन कन्फ्रेन्सबारे पनि दुईमन्त्रीबीच कुराकानी भएको छ। सो कन्फ्रेन्समा नेपालको सक्रिय सहभागिता रहने परराष्ट्रमन्त्री ज्ञवाललीले प्रतिवद्धता जनाएका छन्। उनले बेलायले जलवायु परिवर्तनले ल्याएका समस्या समाधान गर्न बेलायत सरकारले गरेको प्रयासको पनि प्रशंसा गरेका थिए।
Facebook Comment