रौतहट र मोरङमा भएका घटनाको अनुसन्धान गर्न काँग्रेसको माग

डिसी नेपाल
११ भदौ २०७७ १९:३१

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले रौतहट र मोरङममा भएका दुई घटनाको छानविन र अनुसन्धान गर्न माग गरेको छ। काँग्रेसले भनेको छ, ‘रौतहट र मोरङमा राज्यको नियन्त्रण र जिम्मेवारीमा रहेका दुई युवाहरूको शंकास्पद ढंगले आज भएको मृत्युको घटनाप्रति नेपाली कांग्रेसको ध्यान गम्भीरतापूर्वक आकृष्ट भएको छ।’

रौतहटका एक युृवाको वीरगञ्ज अस्पतालमा मोरङमा पनि एक युवाको कोशी अस्पतालमा मृत्यु भएको थियो।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘रौतहटको इलाका प्रहरी कार्यालय गरुडामा केहि दिन देखि हिरासतमा रहेका बर्ष १९ का बिजय महरा परिवारका सदस्यले दिएको जानकारी अनुसार स्वस्थ र हट्टाकट्टा युवक थिए। तर आज अकस्मात वरिगञ्जको एक अस्पतालमा उनको निधन भएको खबर थाहा पाउँदा परिवारजन र स्थानीयवासी आक्रोशित हुनु स्वभाविक हो। नेपाली कांग्रेस रहस्यमय ढंगले भएको उनको मृत्युबारे गहिरो अनुसन्धान गरेर वास्तविकता बाहिर ल्याउन सरकार समक्ष माग गर्दछ।’

उनले अगाडि भनेका छन्, ‘त्यस्तै मोरङको जिल्ला कारागारमा रहेका बर्ष २६ का युवा निराजन यादवको आजै अपरान्ह कोशी अस्पताल पुर्याए लगत्तै भएको मृत्यु बारे शंकास्पद विवरणहरु बाहिर आएका छन्। घटनाको सत्यतथ्य अनुसन्धान मार्फत सार्वजनिक गर्न नेपाली कांग्रेस माग गर्दछ।’

यस्तै काँग्रेसले रौतहट माधवनारायण नपाको एक मन्दिरका पूजारी राम साहको हत्याको दोषीलाई कानूनको कठघरामा खडा गर्न अनुसन्धानमा विशेष तदारुकताका लागि पनि नेपाली कांग्रेस सरकारको ध्यानाकर्षण गराएको छ।,




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *