कोरोना महामारीपछि चिनियाँ विदेशमन्त्रीको पहिलो विदेश भ्रमण
बेइजिङ (एजेन्सी)। चीनका विदेशमन्त्री यांग यी गत फेब्रुअरीमा कोरोना संकट वैशिवक महामारी बनेपछि आफ्नो पहिलो विदेश भ्रमणका क्रममा बुधबार नेदरल्याण्ड्स पुगे। त्यहाँका प्रधानमन्त्री मार्क गटका साथ भएको भेटका क्रममा दुबै नेताहरुले आ आफ्नो देशमा वैश्विक अर्थव्यवस्थामा सुधार ल्याउन चालिएका कदमबारे चर्चा गरे।
चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले वांग यीको हवला दिँदै चीनले नेदरल्याड्ससँग मिलेर मुक्त व्यापार र त्यसको वातावरण बनाउन मिलेर काम गर्ने र त्यसमा सबैले सहयोग गर्ने विश्वास लिएको उल्लेख गरेको छ।
नेदरल्याण्ड्सभन्दा पहिला वांग यी इटलीमा थिए। र चिनियाँ विदेश मन्त्रालयका अनुसार आफ्नो एक हप्ते युरोभ भ्रमणका क्रममा उनी युरोपका अन्य तीन मुलुक नर्वे, फ्रान्स र जर्मनी पनि जाने छन्। २५ अगस्टमा शुरु भएको भ्रमण सेप्टेम्बरसम्म हुनेछ।
अन्तर्राष्ट्रिय मामिलाकी जानकार त्रिभुवन विश्वविद्यालयका प्राध्यापक पुष्प अधिकारीले जुन तरिकाले अमेरिकाले सामरिक र आर्थिक क्षेत्रमा एशियाली देशमा लगातार एकतर्फ पार्ने प्रयास गरिरहेको छ, त्यसलाई हेरेर विदेश मन्त्री वांग यीको यस भ्रमणलाई युरोपेली मुलुकहरुमा पहिलादेखिकै सम्बन्धको धारलाई बलियो र स्थायी ब्लक बनाउने तयारीका रुपमा हेर्न सकिने बताए।
उनी भन्छन्, ‘चीन ती क्षेमा ठप्प भएका आफ्ना केही परियोजनालाई पनि शुरु गर्न चाहन्छ।’ हालका दिनहरुमा एकअर्काका सबैभन्दा ठूला व्यापार साझेदार अमेरिका र चीनबीच व्यापारिक हितको रक्षा, चीनको बढ्दो वैश्विक प्रभाव र दक्षिण चीन सागरमा एशियाली देशहरुको विस्तारवादी नीतिले गर्दा तनाव बढेको छ।
चीनबाट कोरोनको शुरुआत, पछि संसारभर त्यसको प्रभाव र नोभेम्बरमा अमेरिकी राष्ट्रपतिको चुनावले मामिलालाई झन उल्झाइ दिएको छ। अमेरिकी राष्ट्रपति डोनालड ट्रम्पले चीनविरुद्ध केही निर्णय गरेका छैनन्, चिनियाँ कम्पनीमाथि पनि ब्याण्ड लगाएका छन्। उनले विपक्षी उम्मेदवार जो बाइडललाई ‘बेइजिङ बाइडन’ सम्म भनिएको छ।
तर अमेरिका र चीनबीच सोमबार फेरि एक व्यापार सम्झौता भएको छ। तर राष्ट्रपति ट्रम्प चुनावी र्यालीमा यो समय चीनसँग वार्ता नगर्ने बताउँछन्।
केही विश्लेषकहरुले राष्ट्रपति ट्रम्पले यो मुद्दालाई उठाएर कोरोनाविरुद्धको लडाईमा पाएको असफलता र उनको कार्यकालमा अमेरिकी अर्थतन्त्रको नाजुक भएको अवस्थालाई लुकाउनले प्रयास गरेको बताउँछन्।
तर बीबीसीका एशिया सम्वाददाता करिश्मा वासवानी चीन विरोधी भावना छिटै समाप्त हुने कुरामा चीनलाई कुनै भ्रम नरहेको बताउँछिन्। र चिनियाँ कम्पनीहरुले ट्रम्प वा बाइडन जो भए पनि आफूहरुमाथि दबाब कम नहुने बताएका छन्।
कूटनीतिक मामिलाको पत्रिका डिप्लोम्याटकी सम्पादक श्यानन टेजीले चिनियाँ विदेशमन्त्रीको युरोप भ्रमणलाई असाधारण भनेकी छन्। कोरोनापछि पहिलो विदेश भ्रमणका लागि युरोपको चयनका विषयमा जाओ लिजियानले भनेका थिए, ‘यसले देखाउँछ दुबै पक्ष चीन र युरोप आपसी सम्बन्धलाई कति महत्व दिन्छन्।’
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले अगाडि भने, ‘पुरा भ्रमणमा चीनले तीन लक्ष्य हासिल गर्न खोजेको छ। दुबै पक्ष राजनीतिक र आर्थिक मुद्दालाई अगाढि बढाउने छन्, कोरोना भाइरससँगको लडाईम सहयोगलाई बलियो बनाउने छन् र विश्वकाके औद्योगिक क्षेत्रका लागि सामानको आपूर्तिलाई सजिलो बनाउने छन्। र नयाँ क्षेत्र जस्तै डिजिटल र हरित अर्थव्यवस्थामा कुराकानी गर्नेछन्। साथै सामुहिक रुपमा निर्णय गर्ने माहौल बनाउन बढवा दिन्छन् भन्ने साझा सन्देश दिने छन्। जसले विश्वमा शान्ति, स्थायित्व र विकासको शुरुआत गर्नेछ।’
Facebook Comment