‘हेलो सरकार! कोरोना लाग्यो, उपचार कहाँ गर्ने ?’

डिसी नेपाल
१२ भदौ २०७७ ६:४०

काठमाडौं। जनताका गुनासा सुन्नको लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेकोे ‘हेलो सरकार’ मा विगत ५ महिनामा कोरोनाको उपचार गर्ने सम्बन्धि गुनासाहरु बढी आएका छन्। मन्त्रिपरिषदको कार्यालय अन्तर्गतको ‘हेलो सरकार’ ले दिएको जानकारी अनुसार गत चैत्र ११ गतेदेखि भदौ ११ गतेसम्म धेरैले कोरोनाका बारेमा जिज्ञासा राखेका छन्।

नेपालमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि चैत्र ११ गतेदेखि सरकारले लकडाउन सुरु गरेको थियो। उक्त अवधिदेखि भदौ ११ गतसम्म पुग्दा धेरैले ज्वरो आएको छ, पिसीआर परीक्षण कहाँ गर्ने, कति खर्च लाग्छ जस्ता गुनासाहरु आउने गरेका छन्।

हेलाे सरकारका सहसचिव राजेन्द्र पौडेलले लकडाउनकाबीच पनि सिफ्ट मिलाएर काम गरेको र जनताका गुनासाहरुलाई सम्बन्धित निकायहरुमा पठाएर समाधान गराएको जानकारी दिए। उनले लकडाउनको अवधिमा घरबाट नै सेवा दिएको जानकारी दिए।

‘सामान्य अवस्थामा विहान ७ बजेदेखि दिउसो २ बजेसम्म र दिउसो २ बजेदेखि राति ९ बजेसम्म २ सिफ्ट गरी काम गरेका थियौं,’ पौडेलले भने, ‘कोरोनाका कारण भएको लकडाउनमा पनि कल फरवार्ड गरेर काम गरियो। तर, भदौ ३ गतेबाट लागू भएको निषेधाज्ञामा भने १०–५ को सिफ्टमा काम गरिरहेका छौं। हामी निष्कृय छैनौं। सदैव गुनासो सुन्ने काममा व्यस्त छौं।’

निजी विद्यालयले कोरोनाको अवधिमा सरकारले विद्यालयहरुलाई शुल्क नलिने भनेपनि निजी विद्यालयहरुले विभिन्न बहानामा शुल्क असुल गरेका सम्बन्धमा पनि हेलो सरकारमा गुनासो आउने गरेका छन्। विशेषतः शुल्क दिने वा नदिने भन्ने बारेमा धेरैले सोधपुछ गर्ने धेरै छन्।

लकडाउन सुरु भएको चैत ११ गतेदेखि भदौ ११ गतेसम्म १ हजार गुनासाहरु दर्ता भएका छन्। हेलो सरकारका एक अधिकारीले भने पछिल्लो समय बैंकका कर्मचारीले पनि गुनासा गरेको सुनाए। उनले बैंकहरुमा कर्मचारी कम भएको, बैंकमा आउन नपाएको जस्ता ४० वटा गुनासाहरु आएको बताए।

यस्तै, यो अवधिमा सामाजिक सञ्जाल दुरुपयोग सम्बन्धमा पनि २८ वटा गुनासाहरु दर्ता भएका छन्। हेलो सरकारमा सामाजिक सञ्जाल चलाउनेले अरुको चरित्रहत्या गरेको, नेताहरुको फोटोलाई विगार्ने, अपशब्द प्रयोग गर्ने जस्ता गुनासाहरु आउने गरेका छन्।

कोरोना सुरु भएपछि स्थानीय तहका काम कारवाहीका सम्बन्धमा पनि गुनासोहरु आउने गरेको ती अधिकारीले जानकारी दिए। उनले स्थानीय तहमा भएको राहत वितरमा विभेद भएको बारे धेरे गुनासा आएको उनले बताए।

उनले स्थानीय तहहरुले गर्ने कन्ट्याक्ट टे«सिङ पनि ढिला गरिदिने जस्ता गुनासा आएको बताए। स्थानीय निकायका समस्याका बारेमा कोरोनाको ५ महिने अवधिमा ६७ वटा गुनासो दर्ता भएको उनले जानकारी दिए।

विदेशमा रहेका नेपालीहरुले पनि स्वदेश फर्किन पाउनु पर्ने भन्दै गुनासो गर्ने गरेका छन्। परराष्ट्र मन्त्रालयका सम्बन्धमा ३९ वटा गुनासो आएको उनले जानकारी दिए। नेपालमा रहेका आफन्तले पनि विदेशमा रहेकालाई नेपाल फर्काइदिनु पर्ने भन्दै गुनासोहरु गर्ने गरेको हेलो सरकार शाखाका ती अधिकारीले जानकारी दिए।

निजी विद्यालयले कोरोनाको अवधिमा सरकारले विद्यालयहरुलाई शुल्क नलिने भनेपनि निजी विद्यालयहरुले विभिन्न बहानामा शुल्क असुल गरेका सम्बन्धमा पनि हेलो सरकारमा गुनासो आउने गरेको उनले बताए। विशेषतः शुल्क दिने वा नदिने भन्ने बारेमा धेरैले सोधपुछ गर्ने गरेको उनले जानकारी दिए।

यस्तै, विद्युत सम्बन्धमा २८, टेलिकममा ३२, भन्सारका करिव ५ सय, ठगीका ३९ गरी करिव १ हजार गुनासोहरुमा धेरैको सुनुवाई भएको र केहीको प्रोससमा रहेको उनले जानकारी दिए।

हेलो सरकारको तथ्यांक अनुसार हालसम्म २ हजार ८ सय ३१ गुनासो प्राप्त भएका छन्। जसमा १ हजार २ सय ४१ फछ्र्यौट भएका छन्। १ सय ३२ समाधान भएका छन् भने ६ सय ५१ अनुसन्धानकै क्रममा रहेको देखिन्छ। ४ सय ९१ हेरिएको र २ सय १६ नहेरिएकोमा रहेको तथ्यांकमा उल्लेख छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *