विश्वभर कोरोना : थपिए २ लाख ६२ हजार संक्रमित, करिव ६ हजारको मृत्यु

डिसी नेपाल
१२ भदौ २०७७ ६:३७

काठमाडौं । विश्वका २ सय १५ देशमा गरी गत २४ घण्टामा २ लाख ६२ हजार ६ सय बढी कोरोनाका संक्रमित थपिएका छन्। वल्र्डोमिटरले दिएको जानकारी अनुसार करिव ६ हजारको ज्यान गुमाएका छन्।

गत २४ घण्टामा मात्र भारतमा ७६ हजार ८ सय बढी कोरोनाका संक्रमित थपिएका छन्। उक्त तथ्याङ्क अनुसार हालसम्म भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३३ लाख ८४ हजार ५ सय बढी रहेको छ। ६१ हजार ६ सय बढीले कोरोनका कारण ज्यान गुमाएका छन्। गत २४ घण्टामा मात्र भारतमा १ हजार बढीले ज्यान गुमाएका छन्।

भारतपछि गत २४ घण्टाको तथ्याङ्क अनुसार अमेरिकामा ४५ हजार ७ सय बढी थप कोरोनाका संक्रमितहरु फेला परेका छन्। योसँगै अमेरिकामा कोरोना संक्रमित हुनेको संख्या ६० लाख ४६ हजार बढी रहेको छ। अमेरिकामा १ लाख ८४ हजार ७ सय बढीको कोरोनाका कारण ज्यान गएको छ। गत २४ घण्टामा मात्र १हजार बढीले कोरोनाका कारण ज्यान गुमाएका छन्।

यस्तै, अमेरिकापछि ब्राजिलमा ४२ हजार ४ सय बढी कोरोनाका संक्रमितहरु गत २४ घण्टामा मात्र थपिएका छन्। यो सँगै ब्राजिलमा कोरोना संक्रमित हुनेको संख्या ३७ लाख ६४ हजार ४ सय बढी रहेको छ। कोरोनाका कारण हालसम्म १ लाख १८ हजार ७ सय बढीले ज्यान समेत गुमाएका छन् भने, गत २४ घण्टामा ९ सय ७० जनाको कोरोनका कारण मृत्यु भएको छ।

यस्तै गत २४ घण्टामा ब्राजिलपछि अर्जेन्टिनामा १० हजार १ सय बढी कोरोनाका संक्रमित थपिएका छन्, कोलोम्बियामा ९ हजार ७ सय बढी, फ्रान्समा ६ हजार बढी, मेक्सिकोमा ५ हजार बढी, रसियामा ४ हजार बढी र स्पेन, इराक र फिलिपिन्समा ३ हजार बढी कोरोनाका संक्रमितहरु थपिएको तथ्याङ्कले देखाएको छ।

गत २४ घण्टामा २ हजार बढी कोरोनाका संक्रमित थपिने देशमा इन्डोनेसिया, दक्षिणी सुडान, बंगलादेश इरान, इजराइल रहेका छन्। यस्तै, नेपाल, यूक्रेन, चिली, जर्मनी, यूके रोमानिया, टर्कि, इटाली, मोरोक्को, इथोपिया, गोटेमाला, बोलिभिया र साउदी अरवियामा १ हजार बढी कोरोना संक्रमित फेला परेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *