उद्योगपति विनोद चौधरी कोरोनाभाइरस संक्रमित

डिसी नेपाल
१२ भदौ २०७७ १३:३८

काठमाडौं। नेपाली उद्योगपति विनोद चौधरी कोरोनाभाइरसबाट संक्रमित भएका छन् । शुक्रबार दिउँसो ट्वीट गर्दै उनले आफ्नो कोरोनाभाइरस परीक्षण रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका हुन् । उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई पनि सावधानी अपनाउन र परीक्षण, क्वारेन्टाइनसहित अन्य उपाय अबलम्बन आग्रह गरेका छन् ।

चौधरीले ट्वीटरमा लेखेका छन् ‘प्रिय मित्र तथा शुभचिन्तकहरु । आज बिहान गरिएको पीसीआर परीक्षणमा मेरो कोरोनाभाइरस रिपोर्ट पोजेटिभ आएको छ । भगवानको कृपाले मलाई अहिलेसम्म कुनै लक्षण देखिएको छैन । यद्यपि डाक्टरको सल्लाहअनुसार म आइसोलेट भएको छु । मसँग जो कोही पनि सम्पर्कमा आउनुभएको छ कृपया सबै सम्भव सतर्कता अपनाउनुहोला ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *