कोरोनाभाइरसबाट बचाउने औषधि रेम्डेसिभिर उत्पादक कम्पनीले नै नेपाललाई निःशुल्क दियो

डिसी नेपाल
१२ भदौ २०७७ १३:४७

काठमाडौं। नेपालले कोरोनाभाइरसबाट जीवन बचाउने औषधि रेम्डेसिभिरको ५ हजार भाइल निःशुल्क पाएको छ । बंगलादेशको तर्फबाट नेपालाई यो औषधी निःशुल्क दिइएको हो । बंगलादेशी अखबार न्यू एजका अनुसार बंगलादेशको बेक्सिम्को फर्माले आफ्नो व्यापारिक नाम ‘बेम्सिभिर’ नामबाट उत्पादन गर्ने रेम्डेसिभिर औषपध नेवाललाई दिइएको हो ।

बेक्सिम्को फार्मास्युटिकल लिमिटेड, आइएफआइसी बैंक र यो बैंकको नेपाली साझेदार नेपाल बंगलादेश बैंकले नेपाल सरकारलाई यो उपहार दिएका हुन् । अस्पतालमा भर्ना भएका कोभिड १९ का बिरामीको उपचारको लागि नेपाल सरकारलाई दिइएको यो औषधि बंगलादेशका लागि नेपाली राजदूत बंशीधर मिश्रलाई उनकै कार्यकक्षमा बिहीबार हस्तान्तरण गरिएको हो ।

बेक्सिम्को फर्माका उच्च अधिकारीहरु तथा आइएफआइसी बैंकका उच्च अधिकारीहरु हस्तान्तरण कार्यक्रममा उपस्थित थिए । यो एन्टिभाइरल औषधी अमेरिकाको गिलियड साइन्सेजले विकास गरेको हो र अहिले कोरोनाभाइरसको उपचारमा ठूलो परिमाणमा प्रयोग भइरहेको छ । यही औषधीलाई बेक्सिम्को फर्माले बेम्सिभिर ब्राण्ड नामबाट उत्पादन गर्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *