देशभर ६ हजार २०२ आइसोलेसन बेड थप

डिसी नेपाल
१२ भदौ २०७७ १८:३९

काठमाडौं । सरकारले कोरोना भाइरसको सङ्क्रमण बढेपछि संघीय, प्रदेश तथा स्थानीय तहमा गरी ६ हजार २०२ आइसोलेसन बेड थप गरेको छ ।

प्रवक्ता गौतमका अनुसार केन्द्रका अस्पतालमा एक हजार, प्रदेशमा एक हजार ९५७ तथा ६४९ स्थानीय तहमा प्रत्येकमा ५ वटाको दरले तीन हजार २४५ बेड थप गरिएको छ ।

देशका थप तीन अस्पताललाई कोभिड अस्पतालका रुपमा सूचिकृत गरिएको छ । सूचिकृत गरिएका अस्पतालमा काठमाडौँको कान्तिपुर र जनमैत्री तथा पर्साको वीरगन्जस्थित नेशनल मेडिकल कलेज शिक्षण अस्पताल रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *