स्वास्थ्यमन्त्री ढकाल र प्रधानसेनापति थापा पनि सेल्फ क्वारेन्टाइनमा
काठमाडौं। रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा सेल्फ क्वारेन्टाइनमा बसेलगत्तै स्वास्थ्य मन्त्री भानुभक्त ढकाल र प्रधानसेनापति पूर्णचन्द थापा पनि सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सचिवालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै यी सबै सेल्फ क्वारेन्टाइनमा बसेका हुन् ।
सीसीएमसी स्रोतका अनुसार कोरोना संक्रमितको सम्पर्कमा पुगेको देखिएपछि उपप्रधानमन्त्री पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र प्रधानसेनापछि पूर्णचन्द्र थापा होम क्वारेन्टाइनमा बसेका हुन् ।
सीसीएमसीको सचिवालयमा गत आइतबार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका विषयमा छलफल भएको थियो । त्यही बैठकमा सहभागी कर्मचारी संक्रमित पाइएका हुन् । बैठकमा सहभागहिरुको पीसीआर परीक्षण गरिएको भए पनि नतिजा आउन बाँकी छ ।
Facebook Comment