चितवनमा थप एक सङ्क्रमितको मृत्यु

डिसी नेपाल
१३ भदौ २०७७ १३:३७

चितवन। चितवन मेडिकल कलेजमा उपचाररत एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ। हेटौँडा उपमहानगरपालिका–५ की ४७ वर्षीया महिलाको उपचारका क्रममा आज मृत्यु भएको हो। मिर्गाैलाको समस्याका कारण यही साउन २६ गते अस्पताल भर्ना भएकी उनीमा यही भदौ ८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो।

अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार अस्पतालको सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो। यो सँगै जिल्लामा कोरोना सङ्क्रमण मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ । तीमध्ये चितवन चार, कैलाली एक, मकवानपुर चार र गोरखाका एक जनाको रहेका छन्। चितवनकी एक वृद्धाको कोरोना सङ्क्रमणका कारण घरमा नै मृत्यु भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *