पीसीआर परीक्षणका लागि भनसुन नगर्नुहोस्, खर्च बढ्यो : स्वास्थ्य मन्त्रालय

डिसी नेपाल
१३ भदौ २०७७ १७:५५

काठमाडौं। कोरोना संक्रमणको पीसीआर परीक्षणका लागि भनसुन नगर्न सरकारले अपील गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पीसीआर परीक्षणका लागि भनसुन गरिएको गुनासो मन्त्रालयमा आएको बताए।

शनिबार आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता गौतमले भने, ‘पीसीआर परीक्षणका लागि भनसुन दबाब दिएको भन्ने गुनासो आएको छ। यस्तो भनसुन नगर्नुहोस्।’ उनले पीसीआर परीक्षण कोरोनाको औषधि नभएको भन्दै पीसीआर परीक्षणले कोरोना संक्रमणको अवस्था र त्यसको चक्रलाई रोक्नमात्र मद्दत गर्ने बताए। उनले अनावश्यक रुपमा पीसीआर परीक्षण गराउँदा सरकारको ठूलो रकम खर्च भएको बताए। उनले करिब साढे ६ लाख परीक्षणबाट ३७ हजार बढी संक्रमित फेला परेको जानकारी दिए।

उनले पीसीआर परीक्षणमा आवश्यक पर्ने मेसिनहरु महंगो पर्ने गरेको भन्दै नेपालमा त्यसको अभावसमेत भएको बताए। उनले भने, ‘विकसित देशहरुमा बनेको मेडिकल सामान अवस्य पनि महंगो हुन्छ। त्यसमाथि विश्वभर यी सामानको माग। सामानको अभाव पनि छ।’

प्रवक्ता गौतमले कोरोनाको जोखिममा परेका, कन्ट्याक्ट ट्रेसिङमा परेका र अनुसन्धानका लागि छनौट गरिएको समुदायमा निःशुल्क परीक्षण भइरहेको बताए। उनले आफूखुशी परीक्षण गराउनेहरुका लागि निजी क्षेत्रबाट परीक्षण गराउने व्यवस्था गरिएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *