सुनकोशीमा पहिरोले चार घर पुरियो

सिन्धुपाल्चोक । आज बिहानीपख सुनकोशी गाउँपालिका–६ को सुनडाँडामा गएको पहिरोले चार घर पुरेको छ । पहिरोले सुनकोशी–६ धुसिनीमा नानीराम भण्डारी, सीताराम भण्डारी र इबहादुर भण्डारीको घरसहित प्रदेश सरकारको लगानीमा निर्माणाधीन पाखरखोला सिँचाइ कुलो पहिरोले पुरेको छ। घरमा रहेको अन्नपात पुरेको छ भने हजारौँ रोपनी जमिन क्षति गराएको स्थानीय रेशम बोहोराले जानकारी दिए।
केही दिनदेखि मानिस अन्यत्र बस्दै आएकाले मानवीय क्षति नभए पनि अन्नपात र पशु चौपाया भने पहिरोमा परेको बोहोराले जानकारी दिए। घटनास्थलमा सुरक्षाकर्मीको टोली उद्धारका लागि भर्खरै पुगेकाले क्षतिको विवरण आउन बाँकी छ । पीडितहरुका लागि प्रदेश सरकारले आवश्यक सबै व्यवस्थापन गर्ने घटनास्थल पुग्नुभएका वाग्मती प्रदेशका अर्थ तथा विकास समितिका सभापति सरेश नेपालले बताए।रासस
Facebook Comment