यसकारण आइपिएल छोडेर फर्किएका हुन् सुरेश रैना, पूरै आइपिएल नै रोकिने खतरा
काठमाडौं। तीन हप्तापछि सुरु हुने इण्डियन प्रिमियर लिग बीचमै छाडेर चेन्नइ सुपरकिंग्सका स्टार ब्याट्सम्यान सुरेश रैना बीचमै भारत फर्किए । विदेशबाट फर्किएपछि क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने नियमअनुसार उनी अहिले क्वारेन्टाइनमा छन् । उनी भारत फर्किएपछि उनी फर्किनुको कारणबारे विभिन्न अनुमान गरिएका छन् । यही बीचमा रैनाले दैनिक जागरणसँग कुरा गर्दै छोराछोरी सबैभन्दा महत्वपूर्ण भएको बताएका छन् ।
रैनाले आफ्ना सन्तानलाई धेरै माया गर्छन् । त्यसमाथि उनका छोरा निकै साना छन् । उनका छोरा रियो मात्रै ५ महिनाका भए । उनकी छोरी ग्रासिया ५ वर्षकी छिन् । यस्तोमा उता दुबइमा चेन्नइ सुपरकिंग्सका दर्जनभन्दा धेरै सदस्य कोरोना संक्रमित पाइएपछि यो भाइरस आफूसँगै परिवारसम्म समेत आउन सक्ने खतरा भएकोले उनी आइपिएल छाडेर फर्किएको विश्वास गरिएको छ । चेन्नइका २ खेलाडीसहित १३ सदस्य कोरोना पोजेटिभ पाइएका छन् ।
चेन्नइ सुपरकिंग्सका बलर दीपक चहर दुई दिनअघि पोजेटिभ पाइएका थिए । अब ब्याट्सम्यान ऋतुराज गायकवाड पनि पोजेटिभ पाइएका छन् । टिमले एक सेप्टेम्बरसम्म क्पारेन्टाइन अवधि बढाएको छ । दुई खेलाडी पोजेटिभ देखिनु र सुरेस रैना सम्भावित खतरा देखेर भारत फर्किनुले अरु खेलाडीलाई पनि प्रतियोगिता छोडेर भारत फर्किन दबाब सृजना गर्ने देखिएको छ । यसरी खेलाडी फर्किन थाले पनि यसले प्रतियोगितालाई नकारात्मक असर पार्न सक्छ ।
अहिलेसम्म आइपिएलको लागि कुनै खतरा देखिइसकेको छेन तर चेन्नइ सुपरकिंग्सका १३ सदस्य पोजेटिभ दखिएपछि प्रश्न उठ्न थालेका छन् । बीसीसीआइका एक अधिकारीले भने ‘यदि केवल एक टिममै १३ केस छन् भने यो सबैको लागि ठूलो मुद्दा हो । सबैभन्दा ठूलो पक्ष यो हो कि के विदेशी खेलाडी आउन डराउँछन् ? किनकि उनीहरु अब यी केसलाई लिएर अधिक सतर्क हुनेछन् । हामीले खेलाडीको मानसिक स्वास्थ्यको पनि ख्याल गर्नुपर्छ ।’
Facebook Comment