श्रमिक सूचना बैंक स्थापना,मन्त्री भन्छन्–‘अब कुनै पनि श्रमिक आफ्नो पहिचानबाट बञ्चित हुँदैनन्’

डिसी नेपाल
१४ भदौ २०७७ १६:३८

काठमाडौं । सरकारले बेरोजगार मजदुरलाई रोजगारीसँग जोड्ने लक्ष्यका साथ श्रमिक सूचना बैंकको स्थापना गरेको छ । आइतबार एक भर्चुअल कार्यक्रममार्फत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले श्रमिक सूचना बैंकको उद्घाटन गरेका हुन् ।

‘अहिलेसम्म सरकारसँग नेपालमा कति श्रमिक छन् र कुन क्षेत्रमा कसरी काम भइरहेको भन्ने कुनै तथ्यांक थिएन,’ श्रम बैंकको उद्घाटन गर्दै मन्त्री यादवले भने, ‘यकिन तथ्याङको अभावमा सरकारलाई श्रमिक लक्षित योेजना बनाउन पनि कठिन अवस्था थियो । अहिलेको परिस्थितिमा नेपालमा यो निकै महत्वपूर्ण हुनेछ ।’

उनले उक्त सूचना बैंकमा देशभरका सबै श्रमिकको तथ्यांक राख्ने काम सुरु गरिसकेको बताए । कृषिलगायत श्रम आर्जन गर्न सक्ने जनशक्तिहरु के–कति संख्यामा रहेका छन्, के कस्ता ज्ञान, शिप हासिल गरेका छन्, कुन क्षेत्रमा कति जनशक्ति देशमा कार्यरत छन् र कति वैदेशिक रोजगारीमा रहेका छन् भन्नेबारे एकत्रित जानकारी उपलब्ध गराउने उदेश्यले श्रमिक बैंकको स्थपना गरिएको मन्त्री यादवको भनाइ छ ।

उनले श्रमिक बैंकको स्थापना भएसँगै अब देशभरका कुनै पनि श्रमिकले आफ्नो पहिचानबाट बञ्चित हुनु नपर्ने बताए । उनले भने– ‘सूचना बैंकमा औपचारि र अनौपचारिक क्षेत्रमा कार्यररत रहेका सबै श्रमिकहरुको विवरण राखिनेछ । अबदेखि नेपालका कुनै पनि मजदुर आफ्नो पहिचानबाट बञ्चित हुँदैनन्।’

विदेशबाट फर्किएका श्रमिकलाई स्वदेश भित्रै रोजगारी सृजना गर्ने गरी सरकारले योजना बनाइरहेको पनि मन्त्री यादवले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *