चन्द्रागिरिमा कोरोना सङ्क्रमितको सङ्ख्या ९१
काठमाडौं । चन्द्रागिरि नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ९१ पुगेको छ । काठमाडौँ उपत्यका प्रवेशको मुख्यद्वारमा रहेको चन्द्रागिरिमा आजसम्म कोरोना सङ्क्रमितको सो सङ्ख्या पुगेको हो ।
नगर प्रमुख घनश्याम गिरीले चन्द्रागिरिभित्र ९१ व्यक्तिलाई कोरोना सङ्क्रमण देखिए पनि ४७ व्यक्ति डिस्चार्ज भएर घर फर्किसकेको जानकारी दिए । नगरपालिकाका अनुसार वडा नं १ मा दुई, वडा नं २ मा एक, वडा नं ३ मा पाँच, वडा नं ४ मा तीन, वडा नं ५ मा चार, वडा नं ६ मा चार, वडा नं ७ मा पाँच, वडा नं ८ मा १०, वडा नं ९ मा छ, वडा नं १० मा सात, वडा नं ११ मा १०, वडा नं १२ मा १२, वडा नं १३ मा सात, वडा नं १४ मा चार र वडा नं १५ मा १० सङ्क्रमित देखिएका छन् ।
सोमध्ये वडा नं १ मा एक, वडा नं ३ मा चार, वडा नं ४ मा दुई, वडा नं ५ मा एक, वडा नं ६ मा दुई, वडा नं ७ मा दुई, वडा नं ८ मा पाँच, वडा नं ९ मा तीन, वडा नं १० मा तीन, वडा नं ११ मा नौ, वडा नं १२ मा आठ, वडा नं १३ मा एक, वडा नं १४ मा एक र वडा नं १५ मा पाँच जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।
नगरपालिकामा रहेका सक्रिय सङ्क्रमितमध्ये २१ जनाको उपत्यकाका विभिन्न अस्पताल र २३ जनाको होम आइसोलेसमा उपचार भइरहेको जनाइएको छ । चन्द्रागिरिमा हालसम्म कोरोना सङ्क्रमणबाट कसैको पनि मृत्यु भएको छैन । नगरपालिकाभित्रका १५ वटै वडामा पीसीआर परीक्षण बढाइएको नगरप्रमुख गिरीले बताए । चन्द्रागिरि वाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिका हो ।
Facebook Comment