नेपालका लागि अमेरिकी पूर्वराजदूत स्कट डेलेसीले देखेकी धादिङकी ‘माया’को ‘कोरोना’ कथा

डिसी नेपाल
१५ भदौ २०७७ १४:०७

काठमाडौं। नेपालमा कोरोनाभाइरसको संक्रमण दर पछिलो समय बढ्दै गइरहेको छ । नेपालले संक्रमणका केसहरुको मामिलामा ४० हजार छुनै लागेको छ । फिल्डमा खटिएका स्वास्थ्यकर्मीले संक्रमितको संख्यामा तीब्र वृद्धि भइरहेको बताएका छन् ।

केही हप्ताअघि मात्र संक्रमितको वृद्धिदर ३ देखि ५ प्रतिशत थियो । अहिले यो १० देखि १५ प्रतिशत पुगेको छ र विशेषज्ञहरु यो दर अर्को महिना २० देखि ३० प्रतिशत पुग्न सक्नेप्रति चिन्तित छन् ।

यही बीचमा नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट डेलेसीले नेपालमा महामारीका कारण प्रभावित भएकाहरुका लागि सहयोगको अभियान चलाइरहेका छन् । इङ्गेज नेपाल नामक गैरसरकारी संस्थामार्फत नेपालमा सहयोग अभियान चलाइरहेका पूर्वराजदूत डेलेसीले यही बीचमा कैयौं युवाहरुलाई भेटेका छन् । यिनैमध्येकी एक युवती मायाको कथा उनले लेखेका छन् । माया धादिङकी १८ वर्षकी युवती हुन् ।

फेब्रुअरी २०२० मा माया निकै उत्साहित थिइन् किनकि उनी आफ्नो परिवारमै कलेज जाने पहिलो सदस्य बन्दै थिइन् । तीन छोरी र एक छोरा गरी ४ सन्तामध्येकी जेठी मायाले अध्ययनको लागि निकै मेहनत गरेकी थिइन् र राम्रो अंकसहित कक्षा १२ उत्तीर्ण गरेकी थिइन् । कलेज छिटै सुरु हुनेवाला थियो तर महामारीका कारण बन्द भयो ।

मायाको जीवनमा उनले हासिल गरेको उपलब्धीलाई यत्तिकै बेवास्ता गर्न मिल्दैन । माया दलित परिवारमा जन्मिएकी हुन् जसलाई नेपाली समुदायमा अछुतको दर्जा दिइन्छ । यो परम्पराले उनीहरुलाई धेरै कुरामा पछि पारेको छ – शिक्षा, स्वास्थ्य, कानुनी उपचार, राजनैतिक शक्ति, कामको अवसर मादिमा उनीहरु पछाडि छन् । यसो हुँदाहुँदै पनि मायाले हाइस्कुल पूरा गरिन् ।

फेब्रुअरी २०२० मा मायाका अपेक्षा उच्च थिए उनको अविष्य उज्वल देखिन्थ्यो । उनका मातापिता, जो निर्माण मजदूर हुन् र इट्टा कंक्रिट बोकेर आम्दानी गर्छन्, उनीहरुले २०१५ देखि आफ्ना चारैजना छोराछोरीलाई स्कुल पठाउन सकेका छन् ।

तर, मार्चमा जब नेपाल कोरोनाभाइरसका कारण लकडाउन भयो, निर्माणकार्य नराम्ररी प्रभावित भयो र सबैथोक फेरियो । छोटो समयमै मायाको परिवारमा आर्थिक अभाव हुन थाल्यो र उनीहरुलाई भााडा तिर्न र खानकै लागि समस्या हुन थाल्यो ।

उनको परिवारले मायाको बिहे गरिदिनेबाहेक अर्को विकल्प देखेन ताकि उसले मायालाई पाल्न सकोस् । उनको बिहे निकै अप्रत्याशित रुपमा रुपमा उनको सहमतिबिना भयो । बिहेपछि मायाले थाहा पाइन् उनका पति निकै हिंस्रक र जंड्याहा थिए । भाग्यवश मायाले आफू असुरक्षित भएको छिटै थाहा पाइन् र उनले घर छाडेर माइतीमै फर्किइन् ।

मायालाई आशा छ उनको लागि कलेज जानु अझै सम्भव छ र उनका भाइबहिनीहरुको लागि पनि । तर नेपालमा कोभिड १९ व्यापक रुपमा फैलिइरहेको र उनको परिवार कामविहीन भएर घरमै बस्नुपरेको अवस्थामा उनका सबै सपनाहरु निकै ठूलो जोखिममा छन् ।

उनलाई डर छ, उनले अघिल्लो वर्ष बढेका कुराहरु बिर्सिंदै गइरहेकी छिन् र स्कुलहरु फेरि खुल्ने समयसम्म उनी त्यसको लागि तयारीविहीन हुनेछिन् ।

नेपालका विद्यार्थीहरु, खासगरी उनीहरु जो पहिलेदेखि भेदभाव र प्रणालीगत उत्पीडनको चपेटामा परेकाहरुले आफुहरुले कडा परिश्रम गरेर हासिल गरेको शैक्षिक अवसर गुमाउनु पर्ने डरमा छन् । कम उमेरका किशोरीहरु कम उमेरमै विवाहको उच्च जोखिममा छन् । लकडाउन निरन्तर भइरहँदा नेपालका सबै तहका विद्यार्थीहरु पछाडि धकेलिइरहेका छन् ।

शहरी क्षेत्रमा उच्च सुविधायुक्त स्कुलहरुले अनलाइन कक्षाहरु चलाइरहेका छन् तर यसको पहुँच अत्यन्तै कम विद्यार्थीसम्म मात्र छ । नेपालमा विद्यार्थीहरुबीच डिजिटल डिभाइड बढिरहेको छ र यसले विद्यार्थीहरुको भविष्य निकै जोखिममा पारिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *