तत्कालीन प्रधानमन्त्री प्रचण्डका सैनिक अंगरक्षक पालद्वारा पदबाट राजीनामा

डिसी नेपाल
१५ भदौ २०७७ २२:५८

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका तत्कालीन सुरक्षा प्रमुख जर्नेल अरुण पालले पदबाट राजीनामा दिएका छन्।
नेपाली सेनाको सहायक रथी पदमा कार्यरत पालले दिएको राजीनामा आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत पनि गरिदिएको छ। उनी नेपाली सेनाको सिग्नल निर्देशनालयका निर्देशक थिए।

तत्कालीनक नेकपा माओवादीका अध्यक्ष प्रचण्ड पहिलो संविधानसभा निर्वाचनपछि ठूलो दलका हैसियतले देशको प्रधानमन्त्री हुंदा नेपाली सेनाका तर्फबाट प्रमुख अंगरक्षकका रुपमा तत्कालीन प्रमुख सेनानी पाल खटिएका थिए।

भूमिगत जीवनबाट सार्वजानिक हुनासाथ पहिलो सार्वजानिक भाषणमा नेपाली सेनालाई हत्यारा र बलात्कारी भन्दै चर्को आरोप लगाएका प्रचण्डको सुरक्षामा खटिनु त्यो बेला आफैंमा चुनौतिपूर्ण काम थियो। प्रधानमन्त्री हुँदा पनि पनि प्रचण्डले नेपाली सेनालाई पूरा विश्वास गर्न सकेको थिएनन् र माओवादी लडाकूहरुको टोलीलाई आफ्नो सुरक्षाको पहिलो घेरामा खटाएका थिए।

सेनाका तर्फबाट खटिएका अंगरक्षक पालका लागि माओवादी लडाकूहरुको अनाधिकृत टोली प्रधानमन्त्रीको सुरक्षामा खटिएको अवस्थामा प्रधानमन्त्रीको हैसियतका प्रचण्डको सुरक्षाको जिम्मेवारी पालका लागि सजिलो काम थिएन। त्यसमाथि पनि प्रधानसेनापति रुक्मांगत कटुवाललाई पदबाट हटाएर रथी कुलबहादुर खड्कालाई कामु प्रधान सेनापति नियुक्त गरेपछि सैनिक मुख्यालय र प्रधानमन्त्रीका बीच उत्पन्न भएको असहज परिस्थितिको सामना पनि अंगरक्षकका हिसावले पालका लागि अप्ठेरो काम थियो।

उनले बालुवाटार र सैनिक मुख्यालयबीच पुलको काम गर्नु पर्दा पनि सफलतापूर्वक जिम्मेवारी बहन गरेको बताइन्छ। कटुवाल काण्डका रुपले चर्चित सो प्रकरणमा दुबैतिरका विकसित घटनाक्रमका प्रत्यक्षदर्शी र जानिफकार मान्छिन् तत्कालीन अंगरक्षक पाल।

दोस्रोपल्ट प्रधामन्त्री हुँदा पनि प्रचण्डले आफ्नो प्रमुख अंगरक्षक(एडीसी)मा पाललाई नै पठाइदिन आग्रह गरेका थिए भनिन्छ तर सेनाले व्यक्ति रोजेर लिने गलत परम्परा बस्ने भन्दै प्रचण्डको माग पुरा गरेन र अर्का अधिकृतलाई खटाइदियो ।

पालले सैनिक पदबाट राजीनामा दिनुमा उनले संयुक्त राष्ट्र संघमा पी पाइभ स्तरको जागिरको अवसर पाएको सैनिक अधिकृत बृत्तमा चर्चा चलेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *