बामदेवको खेल अर्थमन्त्रीलाई तगारो, प्रधानमन्त्री ओलीलाई झट्का

डिसी नेपाल
१६ भदौ २०७७ ९:२८

काठमाडौं। सत्ताको रंग र सत्ताको गन्ध नै त्यस्तो हुन्छ जसबाट रंगिन र त्यसको गन्ध पाउन अधिकांश राजनीतिकर्मीहरु लालायित हुन्छन् र त्यसकै लागि षडयन्त्रका तानावाना बुन्छन्। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अहिले सत्ताको झिनाझप्टीमा अप्रत्यासित खेलहरुको मैदान हुँदै गएको छ।

पछिल्लो समयमा नेकपाका उपाध्यक्ष बामदेव गौतमले आफू विनाशर्त राष्टिय सभा सदस्य पदमा जान तयार भएको धारणा सार्वजानिक गरिदिएर अप्रत्यासित नयाँ खेलो शुरु गरिदिएका छन्।

हिजो सोमबार उपाध्यक्ष वामदेव गौतमले आफूलाई राष्ट्रिय सभामा सदस्य मनोनित हुन तयार भएको कुरा सार्वजानिक गरेर मुख्यरुपमा प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्रका रुपमा चिनिएका अर्थमन्त्री तथा सूचना संचारमन्त्री डा.युवराज खतिवडाको राजनीतिक भविष्यमाथि निर्मम प्रहार गरिदिए।

पद नै जाने अवस्थामा मुस्किलको राजनीतिक यात्रा गरिरहेका प्रधानमन्त्री ओलीलाई जोगाउन अकस्मात् छ बुँदे सहमतीको दस्तावेज सार्वजानिक गरेर पार्टीभित्रको आन्तरिक गणितीय खेलमा प्रचण्ड र माधव नेपाललाई हेरेको हेर्यै बनाएका गौतमले यतिबेला ओलीका विश्वासपात्रको बाटोमा छिर्के हानिदिएर ओलीलाई पार्नु अप्ठेरोमा पारिदिएका हुन्।

छ बुँदे प्रस्ताव ल्याएर आफूलाई समर्थन गरेकै दिन प्रधानमन्त्री ओली कोरोना महामारीकै बीचमा पनि उपाध्यक्ष वामदेव गौतमको निवास भैंसेपाटी पुगेर डिनर खाएरमात्र फर्किएका थिए। यो घटनाले फुट्न लागेको नेकपामा शक्ति सन्तुलनको काम गरेको र पार्टी फुटबाट बचेको थियो।

उपाध्यक्ष गौतमको चाहना वमोजिम नै उनलाई राष्ट्रियसभामा सांसद बनाउन मन्त्रिपरिषद्बाट पारित गरी राष्ट्रपतिबाट घोषणा गराउनु र पार्टीभित्र गौतमको समर्थन यथावत राखिरहनु। दोस्रो एकपटक सो पद अस्वीकार गरिसकेका वामदेवलाई त्यसबेला अस्वीकार गरेको र उपयुक्त अवसर पारेर प्रतिनिधिसभामै लाजाने वातावरण बनाउने भन्ने पार्टी सचिवालयको गौतमबारेको पछिल्लो निर्णयलाई आधार मान्दै गौतमलाई राष्ट्रियसभामा लैजान अस्वीकार गर्नु।

त्यसबेला ओलीका पक्षधर तथा प्रशंसकहरुले वामदेवको सार्वजानिकरुपमा तारिफ गरेका थिए। तर, अहिले ओलीको योजनामाथि अचानक प्रहार गरिदिएपछि ओली खेमा अप्ठेरोमा परेको छ।

उपाध्यक्ष गौतमले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी दिएर नै आफू विनाकुनै शर्त राष्ट्रिय सभा सदस्यमा राष्ट्रपतिबाट मनोनित हुन तयार भएको कुरा बताउँदा मन्त्री खतिवडाको सरकारमा निरन्तर रहिरहने इच्छा र उनलाई पदमै राखिरहने प्रधानमन्त्रीको इच्छामा पूर्णविराम लाग्ने स्थिति आएको छ।

अव ओलीका अगाडि दुईवटा बिकल्प छन्। पहिलो उपाध्यक्ष गौतमको चाहना वमोजिम नै उनलाई राष्ट्रियसभामा सांसद बनाउन मन्त्रिपरिषद्बाट पारित गरी राष्ट्रपतिबाट घोषणा गराउनु र पार्टीभित्र गौतमको समर्थन यथावत राखिरहनु।

दोस्रो एकपटक सो पद अस्वीकार गरिसकेका वामदेवलाई त्यसबेला अस्वीकार गरेको र उपयुक्त अवसर पारेर प्रतिनिधिसभामै लाजाने वातावरण बनाउने भन्ने पार्टी सचिवालयको गौतमबारेको पछिल्लो निर्णयलाई आधार मान्दै गौतमलाई राष्ट्रियसभामा लैजान अस्वीकार गर्नु।

यसो गर्दा पार्टीभित्रको समीकरण भत्किने र ओली पुन अप्ठेरोमा पर्ने अवस्था फेरि दोहोरिनेस्थिति आउन सक्छ। किनकि पार्टीभित्र बरिष्ठ नेता माधवकुमार नेपाल स्थायी रुपमै ओलीका प्रतिपक्ष भइसकेका छन् भने अध्यक्ष दाहाल मौका हेरी ओलीको विरोध र देखावटी समर्थनको अवस्थामा खेलिरहेका छन् माधव र ओलीका बीचमा।

पार्टीभित्रको विषम स्थितिमा वामदेवको प्रस्तावलाई इन्कार गर्न ओलीलाई सजिलो पक्कै छैन। किनकि, प्रचण्ड र माधव नेपाललाई काउण्टर गर्न ओलीले आफूपछिको प्रधानमन्त्री गौतमलाई बनाउन आफू तयार भएको प्रस्ताव नै सचिवालयको बैठकमा प्रस्तुत गर्नु परेको थियो।

प्रधानमन्त्री बनाउनै प्रस्ताव गरेको व्यक्तिलाई रिक्त राष्ट्रिय सभाको पद दिन्न भन्न सक्ने अवस्थामा ओली पुग्नु निकै कठिन छ। झट्ट हेर्दा अर्थमन्त्री युवराज खतिवडाको तगारो देखिएको वामदेवको यो नयाँ खेल वास्तवमा प्रधानमन्त्री ओलीलाई मुस्किलमा पारिदिने एउटा ठूलो राजनीतिक झट्का बन्ने देखिएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *