बैंकहरुको निक्षेप तथा कर्जा पुरानै लयमा फर्किँदै, ५ अर्व निक्षेप बढ्दा ६ अर्व कर्जा
काठमाडौं। कोभिड–१९ को महामारी र संक्रमण फैलिन नदिन गरिएको लकडाउन, निषेधाज्ञालगायतका कारण घटेको बैंकहरुको निक्षेप तथा कर्जा पुनः बढ्न थालेको छ।
उद्योग तथा कलकारखाना न्यून क्षमतामा भएपनि संचालनमा आउन थालेपनि विस्तारै ऋणको माग बढ्न थालेको हो। यसैगरी बैंकिङ च्यानलबाट बाहिरिएको निक्षेप पनि पुनः बैंकमा नै फर्किन थालेको छ।
नेपाल बैंकर्स संघका अनुसार साउनको दोस्रो सातासम्म बैंकहरुको लगानी घटेको थियो। त्यसयता भने पुनः ऋणको माग बढ्न थालेको छ। असार मसान्तसम्ममा बैंकहरुले २९ खर्ब ३ अर्बको ऋण लगानी गरेका थिए। उक्त लगानी घटेर साउन दोस्रो सातामा २८ खर्ब ६६ अर्बमा झरेको थियो।
पछिल्लो सातामै बैंकहरुको निक्षेप ५ अर्बले बढेको छ। असार मसान्तमा निक्षेप ३४ खर्ब ८७ अर्ब थियो। साउन पहिलो साता घटेर ३४ खर्व ६२ अर्वमा झरेकोमा पुनः बृद्धि हुँदै भदौ १२ गतेसम्ममा निक्षेप ३४ खर्ब ८५ अर्ब पुगेको छ।
व्यापार व्यवसाय बन्द भएपनि उद्योगीहरुले पुरानो ऋण चुक्ता गर्दा बैंकहरुको ऋण घटेको थियो। साउन तेस्रो साताबाट भने पुनः लगानी बढ्न थालेको संघले जनाएको छ।
साउन ६ गतेबाट सरकारले लकडाउन खुल्ला गरेका कारण उद्योग, व्यवसाय संचालन हुन थालेपनि ऋणको माग आउन थालेको संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहाल बताउँछन्।
भदौपछि भने कोभिड संक्रमण बढेसँगै काठमाडौं उपत्यकालगायत विभिन्न ठाउँमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेका छन्। यसको प्रभाव देखिन अझै केही समय लाग्ने दाहालले बताए। निषेधाज्ञाको अवधिमा पनि उद्योहरुले स्वास्थ्य सतर्कत अपनाउँदै काम जारी राखेका छन्।
साउनको तेस्रो साता बढेर २८ खर्ब ७१ अर्ब पुगेको बैंकहरुको लगानी भदौ १२ गतेसम्म आउँदा ऋण २८ खर्ब ९२ अर्ब रुपैयाँ पुगेको छ। गत एक सातामा मात्रै लगानी ६ अर्ब रुपैयाँले थपिएको छ।
यसैगरी कर्जासँगै प्रभावित भएको निक्षेप संकलन पनि पुरानै लयमा फर्किन थालेको छ। पछिल्लो सातामै बैंकहरुको निक्षेप ५ अर्बले बढेको छ। असार मसान्तमा निक्षेप ३४ खर्ब ८७ अर्ब थियो। साउन पहिलो साता घटेर ३४ खर्व ६२ अर्वमा झरेकोमा पुनः बृद्धि हुँदै भदौ १२ गतेसम्ममा निक्षेप ३४ खर्ब ८५ अर्ब पुगेको संघले जनाएको छ।
Facebook Comment